देउवा भन्छन–पार्टी फुटाएर गए भैगो नि, सामानान्तर समिति बनाउने तयारीमा पौडेल



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको दुई समुहको विवाद उत्कर्षमा पुगेको छ । महाधिबेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद भात्रृ संगठनको भागबन्डासम्म पुगेको छ । सभापति शेरबहादुर देउवा समुहलाई अप्ठेरो पार्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भात्रृ संगठनमा भागबन्डा खोजेको कांग्रेस नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल वा नेपाल बिद्यार्थी संघ मध्ये एक आफ्नो पक्षलाई दिन सभापति देउवालाई प्रस्ताव गरेका छन् । तर देउवाले पौडेलको प्रस्तावलाई ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ । देउवाले भात्रृ संगठनमा भागबन्डा गर्न नमानेपछि पौडेल समुहले सामानान्तर समिति बनाउने तयारी थालेको छ ।

‘भात्रृ संगठनमा सामानान्तर समिति बनाउनकै लागि पौडेल समुहले महामन्त्री शशांक कोइरालाको घरमा तरण दलको भेला बोलाएको हो’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ‘सभापति देउवा तयार नभए तरण दल, नेपाल बिद्यार्थी संघ सवैमा समानान्तर कमिटी बन्छ ।’

तरण दलको भेला सकिएपछि कोइरालाले नेविसंघको भेला बोलाउने तयारी गरेका छन् । सवै भात्रृ संगठनको भेला बोलाएर देउवालाई दवाव दिने रणनीति पौडेल पक्षले लिएको छ । पौडेल पक्षका जनबर्गीय संगठनका नेताहरु पनि सक्रिय बनेका छन् ।

उता देउवा समुहले सामानान्तर समिति गठन गरे कारवाही गर्ने चेतावनी दिएको छ । ‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्षका एक नेताले भने ‘सामानान्तर बनाउनुभन्दा पार्टी फुटाएर गए हुन्छ ।’

शशांक निवासमा पौडेल पक्ष तरूण दलको विशेष भेला, देउवा तिनछक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफू पक्षीय तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ । कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।

आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । २०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।

यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...