स्थायी कमिटी सदस्य मात्र सभामुख बनाउन खुमलटार यस्तो षडयन्त्र
नेकपा स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्वाराहीमा तीन दिनदेखि जारी छ । तर सोमबार पूर्वमाओबादीका स्थायी कमिटीका सदस्यहरु आकस्मिक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्डलाई सामुहिक आफ्ना धारणा राख्न उनीहरु खुमलटार पुगेका थिए ।
खुमलटार पुगेका पूर्वमाओवादी घटकका स्थायी कमिटी सदस्यहरुले सभामुख नछोड्न प्रचण्डलाई आग्रह गरेका छन् । उनीहरुले स्थायी कमिटीको सदस्यलाई मात्र सभामुख बनाउन अध्यक्ष दाहाललाई दवाव दिएको स्रोतले बताएको छ । पार्टी एकताका बेला राष्ट्रपति र सभामुख पदमा भागबन्डा भएकोले सभामुख पद नछोड्न उनीहरुले प्रचण्डसँग आग्रह गरेका छन् । तर पूर्व एमाले घटकले भने पार्टी एकतापछि भागबन्डाको कुरा नगर्न आग्रह गरिरहेको छ ।
रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायतका नेताहरु खुमलटार पुगेका थिए । उनीहरुले स्थायी कमिटीका सदस्यलाई मात्र सभामुख बनाउन आग्रह गरेका थिए । उनीहरुको आग्रहअनुसार स्थायी कमिटीको सदस्यलाई मात्र सभामुख बनाउँदा शिवमाया तुम्वाहाङफेको बाटो छेकिने छ ।
तर प्रचण्डले भने सभामुखका बिषयमा गहन छलफल भइनसकेको बताए । ‘अहिले सामान्य छलफल मात्र भएको छ । आवश्यक परेपछि फेरी छलफल गरौला’ स्थायी कमिटीका सदस्यहरुलाई दाहालले भने ।
सानी आमालाई पद छोड्न नेम्वाङ तयार, तुम्बाहाङफेलाई नै सभामुख
बनाउने प्रचण्डको दाउ
सानी आमालाई सभामुख पद छोड्न सुवास नेम्वाङ तयार भएका छन । तुम्बाहाङफेलाई नै सभामुख बनाउने दाउमा प्रचण्ड रहेको स्रोतको दाबी छ । सभामुख चयनको बिषयलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सभामुख चयनको बिषयमा दाहाल सक्रिय भएका हुन् ।
नेकपाभित्र सुवास नेम्वाङ, अग्नीप्रसाद सापकोटा र शिवमाया तुम्बाहाङफेले सभामुखको दावी गरिरहेका छन् । यी तीन दावेदारहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् ।
आइतवार प्रचण्डले सभामुख पदकी दावेदार उपसभामुख तुम्बाहाङफेलाई आफ्ना ज्वाई सागर मार्फत संदेश पठाएका थिए । प्रचण्डको संदेश बोकि सागर उपसभामुखको कार्यकक्ष सिंहदरवार पुगेका थिए । सागरले प्रचण्डको संदेश सुनाएपछि तुम्बाहाङफे आशाबादी र हौसिएकी छिन् ।
‘प्रचण्डको संदेश बोकि सागरजी आउनुभएको थियो’ उपसभामुख निकट स्रोतले भन्यो ‘प्रचण्डको संदेश सुनेपछि उपसभामुख केही खुसी हुनुभएको छ ।’ प्रचण्डको संदेश सभामुखका लागि थियो या अन्य पदको प्रस्ताव गरिएको थियो । त्यो भने खुल्न सकेको छैन । प्रचण्डको संदेशपछि उपसभामुख आफ्नो काममा सक्रिय बनेकी छिन् । सोमबार उनले संसद सचिवालयका महासचिव र सचिवसँग संसद अधिबेशनका बिषयमा छलफल पनि गरेकी छिन् ।
सभामुखमा चर्चा चलाइएका नेम्वाङ रेशबाट बाहिरिएको चर्चा पनि चलेको छ । नेम्वाङ र तुम्बाहाङफे पारिवारिक नाताभित्रका हुन् । साइनोमा तुम्वाहाङफे आमाको बहिनी हुन् । सानी आमालाई पद छोड्न तयार भएको नेकपाभित्र चर्चा चल्न थालेको छ ।