स्थायी कमिटी सदस्य मात्र सभामुख बनाउन खुमलटार यस्तो षडयन्त्र



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्वाराहीमा तीन दिनदेखि जारी छ । तर सोमबार पूर्वमाओबादीका स्थायी कमिटीका सदस्यहरु आकस्मिक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे । प्रचण्डलाई सामुहिक आफ्ना धारणा राख्न उनीहरु खुमलटार पुगेका थिए ।

खुमलटार पुगेका पूर्वमाओवादी घटकका स्थायी कमिटी सदस्यहरुले सभामुख नछोड्न प्रचण्डलाई आग्रह गरेका छन् । उनीहरुले स्थायी कमिटीको सदस्यलाई मात्र सभामुख बनाउन अध्यक्ष दाहाललाई दवाव दिएको स्रोतले बताएको छ । पार्टी एकताका बेला राष्ट्रपति र सभामुख पदमा भागबन्डा भएकोले सभामुख पद नछोड्न उनीहरुले प्रचण्डसँग आग्रह गरेका छन् । तर पूर्व एमाले घटकले भने पार्टी एकतापछि भागबन्डाको कुरा नगर्न आग्रह गरिरहेको छ ।

रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायतका नेताहरु खुमलटार पुगेका थिए । उनीहरुले स्थायी कमिटीका सदस्यलाई मात्र सभामुख बनाउन आग्रह गरेका थिए । उनीहरुको आग्रहअनुसार स्थायी कमिटीको सदस्यलाई मात्र सभामुख बनाउँदा शिवमाया तुम्वाहाङफेको बाटो छेकिने छ ।

तर प्रचण्डले भने सभामुखका बिषयमा गहन छलफल भइनसकेको बताए । ‘अहिले सामान्य छलफल मात्र भएको छ । आवश्यक परेपछि फेरी छलफल गरौला’ स्थायी कमिटीका सदस्यहरुलाई दाहालले भने ।

सानी आमालाई पद छोड्न नेम्वाङ तयार, तुम्बाहाङफेलाई नै सभामुख

बनाउने प्रचण्डको दाउ

सानी आमालाई सभामुख पद छोड्न सुवास नेम्वाङ तयार भएका छन । तुम्बाहाङफेलाई नै सभामुख बनाउने दाउमा प्रचण्ड रहेको स्रोतको दाबी छ । सभामुख चयनको बिषयलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सभामुख चयनको बिषयमा दाहाल सक्रिय भएका हुन् ।

नेकपाभित्र सुवास नेम्वाङ, अग्नीप्रसाद सापकोटा र शिवमाया तुम्बाहाङफेले सभामुखको दावी गरिरहेका छन् । यी तीन दावेदारहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् ।

आइतवार प्रचण्डले सभामुख पदकी दावेदार उपसभामुख तुम्बाहाङफेलाई आफ्ना ज्वाई सागर मार्फत संदेश पठाएका थिए । प्रचण्डको संदेश बोकि सागर उपसभामुखको कार्यकक्ष सिंहदरवार पुगेका थिए । सागरले प्रचण्डको संदेश सुनाएपछि तुम्बाहाङफे आशाबादी र हौसिएकी छिन् ।

‘प्रचण्डको संदेश बोकि सागरजी आउनुभएको थियो’ उपसभामुख निकट स्रोतले भन्यो ‘प्रचण्डको संदेश सुनेपछि उपसभामुख केही खुसी हुनुभएको छ ।’ प्रचण्डको संदेश सभामुखका लागि थियो या अन्य पदको प्रस्ताव गरिएको थियो । त्यो भने खुल्न सकेको छैन । प्रचण्डको संदेशपछि उपसभामुख आफ्नो काममा सक्रिय बनेकी छिन् । सोमबार उनले संसद सचिवालयका महासचिव र सचिवसँग संसद अधिबेशनका बिषयमा छलफल पनि गरेकी छिन् ।

सभामुखमा चर्चा चलाइएका नेम्वाङ रेशबाट बाहिरिएको चर्चा पनि चलेको छ । नेम्वाङ र तुम्बाहाङफे पारिवारिक नाताभित्रका हुन् । साइनोमा तुम्वाहाङफे आमाको बहिनी हुन् । सानी आमालाई पद छोड्न तयार भएको नेकपाभित्र चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...