प्रदेश नम्बर २ का केही स्थानीय जनप्रतिनिधि पदमुक्त हुँदै



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्दैछ ।

नेकपा एक नेताका अनुसार नेकपाबाट निर्वाचित भई पछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, पार्टीको नीतिविपरीत काम गरेका, पार्टीको विधान उलंघनजस्ता गतिविधिमामा संलग्न जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिदैछ ।

यसरी पदमुक्त हुनेमा केही वडाध्यक्षहरु रहेको नेकपाले जनाएको छ । त्यस्ता जनप्रतिनिधिहरुको नाम विभिन्न कमिटीबाट पार्टीको माथिल्लो तहमा बुझाइएको र बर्खास्तीमा पर्नेको नाम पनि तय भैसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीले केही दिनमै परिपत्र जारी गरी ती जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपाले जनाएको छ । पार्टीको निर्देशन नमान्ने, पार्टी नीति विपरित आफूखुशी काम गर्ने, जनताको काममा ध्यान नदिने लगायतका बिभिन्न कारण देखाउँदै पार्टीले उनीहरुलाई कारवाही गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...