प्रदेश नम्बर २ का केही स्थानीय जनप्रतिनिधि पदमुक्त हुँदै



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्दैछ ।

नेकपा एक नेताका अनुसार नेकपाबाट निर्वाचित भई पछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, पार्टीको नीतिविपरीत काम गरेका, पार्टीको विधान उलंघनजस्ता गतिविधिमामा संलग्न जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिदैछ ।

यसरी पदमुक्त हुनेमा केही वडाध्यक्षहरु रहेको नेकपाले जनाएको छ । त्यस्ता जनप्रतिनिधिहरुको नाम विभिन्न कमिटीबाट पार्टीको माथिल्लो तहमा बुझाइएको र बर्खास्तीमा पर्नेको नाम पनि तय भैसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीले केही दिनमै परिपत्र जारी गरी ती जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपाले जनाएको छ । पार्टीको निर्देशन नमान्ने, पार्टी नीति विपरित आफूखुशी काम गर्ने, जनताको काममा ध्यान नदिने लगायतका बिभिन्न कारण देखाउँदै पार्टीले उनीहरुलाई कारवाही गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...