सानी आमालाई पद छोड्न नेम्वाङ तयार, तुम्बाहाङफेलाई नै सभामुख बनाउने प्रचण्डको दाउ



हाम्रो इकोनोमि

 

सानी आमालाई सभामुख पद छोड्न सुवास नेम्वाङ तयार भएका छन । तुम्बाहाङफेलाई नै सभामुख बनाउने दाउमा प्रचण्ड रहेको स्रोतको दाबी छ । सभामुख चयनको बिषयलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सभामुख चयनको बिषयमा दाहाल सक्रिय भएका हुन् ।

नेकपाभित्र सुवास नेम्वाङ, अग्नीप्रसाद सापकोटा र शिवमाया तुम्बाहाङफेले सभामुखको दावी गरिरहेका छन् । यी तीन दावेदारहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् ।

आइतवार प्रचण्डले सभामुख पदकी दावेदार उपसभामुख तुम्बाहाङफेलाई आफ्ना ज्वाई सागर मार्फत संदेश पठाएका थिए । प्रचण्डको संदेश बोकि सागर उपसभामुखको कार्यकक्ष सिंहदरवार पुगेका थिए । सागरले प्रचण्डको संदेश सुनाएपछि तुम्बाहाङफे आशाबादी र हौसिएकी छिन् ।

‘प्रचण्डको संदेश बोकि सागरजी आउनुभएको थियो’ उपसभामुख निकट स्रोतले भन्यो ‘प्रचण्डको संदेश सुनेपछि उपसभामुख केही खुसी हुनुभएको छ ।’ प्रचण्डको संदेश सभामुखका लागि थियो या अन्य पदको प्रस्ताव गरिएको थियो । त्यो भने खुल्न सकेको छैन । प्रचण्डको संदेशपछि उपसभामुख आफ्नो काममा सक्रिय बनेकी छिन् । सोमबार उनले संसद सचिवालयका महासचिव र सचिवसँग संसद अधिबेशनका बिषयमा छलफल पनि गरेकी छिन् ।

सभामुखमा चर्चा चलाइएका नेम्वाङ रेशबाट बाहिरिएको चर्चा पनि चलेको छ । नेम्वाङ र तुम्बाहाङफे पारिवारिक नाताभित्रका हुन् । साइनोमा तुम्वाहाङफे आमाको बहिनी हुन् । सानी आमालाई पद छोड्न तयार भएको नेकपाभित्र चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...