सानी आमालाई पद छोड्न नेम्वाङ तयार, तुम्बाहाङफेलाई नै सभामुख बनाउने प्रचण्डको दाउ
सानी आमालाई सभामुख पद छोड्न सुवास नेम्वाङ तयार भएका छन । तुम्बाहाङफेलाई नै सभामुख बनाउने दाउमा प्रचण्ड रहेको स्रोतको दाबी छ । सभामुख चयनको बिषयलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि सभामुख चयनको बिषयमा दाहाल सक्रिय भएका हुन् ।
नेकपाभित्र सुवास नेम्वाङ, अग्नीप्रसाद सापकोटा र शिवमाया तुम्बाहाङफेले सभामुखको दावी गरिरहेका छन् । यी तीन दावेदारहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् ।
आइतवार प्रचण्डले सभामुख पदकी दावेदार उपसभामुख तुम्बाहाङफेलाई आफ्ना ज्वाई सागर मार्फत संदेश पठाएका थिए । प्रचण्डको संदेश बोकि सागर उपसभामुखको कार्यकक्ष सिंहदरवार पुगेका थिए । सागरले प्रचण्डको संदेश सुनाएपछि तुम्बाहाङफे आशाबादी र हौसिएकी छिन् ।
‘प्रचण्डको संदेश बोकि सागरजी आउनुभएको थियो’ उपसभामुख निकट स्रोतले भन्यो ‘प्रचण्डको संदेश सुनेपछि उपसभामुख केही खुसी हुनुभएको छ ।’ प्रचण्डको संदेश सभामुखका लागि थियो या अन्य पदको प्रस्ताव गरिएको थियो । त्यो भने खुल्न सकेको छैन । प्रचण्डको संदेशपछि उपसभामुख आफ्नो काममा सक्रिय बनेकी छिन् । सोमबार उनले संसद सचिवालयका महासचिव र सचिवसँग संसद अधिबेशनका बिषयमा छलफल पनि गरेकी छिन् ।

सभामुखमा चर्चा चलाइएका नेम्वाङ रेशबाट बाहिरिएको चर्चा पनि चलेको छ । नेम्वाङ र तुम्बाहाङफे पारिवारिक नाताभित्रका हुन् । साइनोमा तुम्वाहाङफे आमाको बहिनी हुन् । सानी आमालाई पद छोड्न तयार भएको नेकपाभित्र चर्चा चल्न थालेको छ ।


