स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डमाथि १२ भाई जाईलागे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको छ ।
सत्तारुढ नेकपाको सोमबारको स्थायी समिति बैठकमा १२ जना स्थायी समिति सदश्यले आफ्नो विचार राखेका छन् । अध्यक्षद्वयले राखेको प्रस्तावलाई सबैलेसमर्थन गरेका पार्टी प्रवक्ता नायारणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सबैलाई २० मिनेट समय दिइएको पनि उनले बताए । ‘प्रस्तावको समर्थन गर्दै उहाँहरुले परिमार्जनको सन्दर्भमा आफ्ना विचार, सुधार गर्नुपर्ने कुरा र आलोचनात्मक टिप्पणीका साथ कुरा राख्नु भयो,’ बैठकपछि श्रेष्ठले पत्रकारहरुसँग भने ।
सोमबार वामदेव गौतम, योगेश भट्टराई, अस्टलक्ष्मी शाक्य, गणेस शाह, छविलाल विश्वकर्मा, अग्नी सापकोटा, युवराज ज्ञवाली, देवेन्द्र पौडेल र भीम रावल लगायतलेटिप्पणी गरेका थिए । प्रस्तावमा उल्लेख भएको सीमा विवादबारे पनि बोल्ने स्थायी समिति सदस्यले टिप्पणी गरेको प्रवक्ता श्रेष्ठले बताए । ‘यसमा सबैले प्रस्तावमा भएका कुराको समर्थन गर्नुभयो,’ उनले भने ।
प्रस्तावहरूमाथि मंगलबार पनि छलफल हुनेछ। मंगलबार ११ बजे पुनस् बैठक बस्ने उनले जानकारी दिए। स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गरेर जानुपर्ने सुझाव पनि दिएका थिए।
माधव नेपाल पक्ष प्रचण्डसँग विलय, ओली अल्पमतमा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधव नेपाल र भीमबहादुर रावलले सुटुक्क भेटेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा नेपाल र रावलले दाहाललाई आइतबार साँझ भेटेका हुन् । भेटमा स्थायी समितिको बैठकमा पेश भएका एजेण्डा र भागबण्डाहरूका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा स्थायी समितिको बैठकमा पेश भएका एजेण्डा र भागबण्डाहरूका विषयमा कुराकानी भएको भनिए पनि आन्तिरीक कुरो अकै छ । नेपाल पक्षका एक नेताका अनुसार अब नेपाल गुट नरहेको र अध्यक्ष प्रचण्डसँग मिलेको पनि दाबी गरेका छन । माधव नेपाल गुट प्रचण्डसँग विलय भएको स्रोतको दाबी छ । यसरी २ नेता मिल्दा ओली अल्पमतमा परेको बिषेश स्रोतको दाबी छ ।
दाहालले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएकोमा नेपाल र रावलले बधाइ दिए आइतबार साँझ खुमलटार पुगेको स्रोतले जनाएको छ । भेटमा वामदेव गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन लागेको विषयमा पनि कुराकानी भएको एक नेताले बताए । दाहाललाई भेट्न नेपाल र रावल खुमलटार पुगेका बेला नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पनि निवासभित्रै थिए ।


