माधव नेपाल पक्ष प्रचण्डसँग विलय, ओली अल्पमतमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वरिष्ठ नेता माधव नेपाल र भीमबहादुर रावलले सुटुक्क भेटेका छन् ।

ललितपुरको खुमलटारस्थित निवासमा नेपाल र रावलले दाहाललाई आइतबार साँझ भेटेका हुन् । भेटमा स्थायी समितिको बैठकमा पेश भएका एजेण्डा र भागबण्डाहरूका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा स्थायी समितिको बैठकमा पेश भएका एजेण्डा र भागबण्डाहरूका विषयमा कुराकानी भएको भनिए  पनि आन्तिरीक कुरो अकै छ । नेपाल पक्षका एक नेताका अनुसार अब नेपाल गुट नरहेको र अध्यक्ष प्रचण्डसँग मिलेको पनि दाबी गरेका छन । माधव नेपाल गुट प्रचण्डसँग विलय भएको स्रोतको दाबी छ । यसरी २ नेता मिल्दा ओली अल्पमतमा परेको बिषेश स्रोतको दाबी छ ।

 

दाहालले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएकोमा नेपाल र रावलले बधाइ दिए आइतबार साँझ खुमलटार पुगेको स्रोतले जनाएको छ । भेटमा वामदेव गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन लागेको विषयमा पनि कुराकानी भएको एक नेताले बताए । दाहाललाई भेट्न नेपाल र रावल खुमलटार पुगेका बेला नारायणकाजी श्रेष्ठ र वर्षमान पुन पनि निवासभित्रै थिए ।

 

प्रचण्डकाे प्रतिवेदनमा स्थायी कमिटीमा छलफल हुने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि आजबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने भएका हुन् । सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।

पार्टी कार्यालय धुम्वाराहीमा आइतबार बसेको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा छलफलका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध गरि पाँचवटा एजेन्डा तय गरिएको थियो । आइतबारको बैठकले पाँच वटै विषयलाई स्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...