बामदेवलाई रोक्ने, केपीलाई ठोक्ने यस्तो छ नेपाल पक्षको तयारी, प्रचण्डलाई हाईसन्चो



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठकमा महासचिव विष्णु पौडेलद्धारा प्रस्तुत विधान संसोधनमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सशक्त विरोध जनाउने संकेत दिएका छन् ।

खासगरी तत्कालीन नेकपा एमालेको उपाध्यक्ष रहेका वामदेव गौतमलाई नेकपाको उपाध्यक्षतमा लैजानेगरी गरिएको विधान संसोधनको प्रस्तावमाथि भित्रभित्रै असन्तुष्टि रहेको नेपाल पक्षले बिरोध गर्ने एक नेताले बताए । ती नेताका अनुसार गौतमसँगै तत्कालीन एमालेमा उपाध्यक्ष रहेको अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीको हैसियत बराबर दिनुपर्ने माग नेपाल पक्षले गरेको छ । बरिष्ठ नेता नेपालले यसअघि नै सचवालय बैठकमा तत्कालीन एमालेका चारै जना उपाध्यक्षलाई समान हैसियत दिनुपर्ने भन्दै माग उठाउँदै आएका छन् ।

तर सचिवालयले नेता नेपालको मागलाई सम्बोधन नगरी त्यसलाई वेवास्ता गर्दै गौतमलाई उपाध्यक्ष बनाउनका लागि विधान संसोधन गर्ने निर्णय गरेको थियो । नेपाल पक्षका एक प्रभावशाली नेताले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा हुन नहुने र यसो भएमा आफूहरु चुप लागेर नबस्ने बताए । उनले भने–‘हामी अन्यायका बिरुद्ध जमेर कुरा राख्छौ । ’

त्यस्तै नेपालपक्षले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पनि जमेर प्रस्तुत हुने तयारी गरेको बताईएको छ । एक नेताका अनुसार नेपाल पक्षले सरकारको कार्यशैली र सरकारी नियुक्तिलाई लिएर बिरोध गर्ने सूची नै बनाएको छ । तर अध्यक्ष प्रचण्डको सन्दर्भमा भने नरम नीति अख्तियार गर्ने जनाईएको छ । अध्यक्ष प्रचण्डका विषयमा नेपाल पक्षले पर्ख र हेरको नीति लिएको ती नेता बताउँछन् ।

उता सचिवालयले गरेको निर्णयलाई स्थायी समतिले अनुमोदन गरेपनि विधान संसोधनका बिषयमा निर्वाचन आयोगका कारण केन्द्रीय समितिले नै निर्णय गर्नुपर्ने अवस्था आएको छ । पार्टी एकतापछि बनेको नेकपाको विधान केन्द्रीय समितिबाट पारित भएको र आयोगमा बुझाउदा पनि केन्द्रीय समितिको निर्णय आवश्यक रहेको बताईएको छ । यस्तो अवस्थाले गर्दा गौतम तत्कालै उपाध्यक्ष हुने संभावना कमजोर हुँदै गएको छ ।

स्थायी समितिमा सहमति भए पनि गौतम उपाध्यक्ष बन्नका लागि केन्द्रीय समितिको बैठक कुर्नुपर्ने भएको छ । जारी स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)द्धारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा केन्द्रीय समितिको बैठक आगामी माघको पहिलो साता बस्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...