यसरी मेकअप गर्दा झन् बुढो, नगर्नुस् यी १० गल्ती



 

 

हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरु विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरुका लागि मेकअप प्राकृतिक कुरा नै हो ।

तर, सुन्दर देखिने होडमा आफ्नो अनुहारको छालालाई नै असर पर्ने गरी मेकअप गरिरहेका पनि हुन्छन् कतिपय महिलाहरु । जसले सुन्दरभन्दा पनि अझ धेरै उमेरको देखाइरहेको हुन्छ । महिलाहरुले मेकअप गर्दा सामान्य भन्दा सामान्य गल्तीले पनि कुरुपतालाई प्रसय दिइरहेको हुन्छ । ती सामान्य गल्ती के–के हून्् त जसले तपाईंको सुन्दरतामा ह्रास पुर्याइरहेको छ ?

धेरै मेकअप
अनुहारमा दाग, धब्बा भएकाहरुले फाउन्डेशन र कन्सीलरको प्रयोग ज्यादा गर्ने गर्छन् । तर, यसको प्रयोग गर्दा ध्यानपूर्वक गर्नुपर्छ । अत्याधिक मात्रामा कन्सीलर र फाउन्डेशनको प्रयोगले हाइलाइस्टलाई ब्रेक मात्र गर्दैन यसले गर्ने असरको उपचार पनि हुन एकदमै असहज छ । त्यसैले, कुन कम्पनीको सामान प्रयोग गर्दै हुनुहुन्छ त्यसको बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नु अत्यावश्यक छ । मेकअपको सामान प्रयोग गर्दा क्यामेडोजेनिक प्रोडक्ट्सको प्रयोग गर्नुपर्छ ।

मोश्चराइजर विना मेकअप
धेरैजसो युवतीहरु अनुहार धोएर सिधै मेकअप गर्ने गर्छन् । जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले भद्दा मेकअप नदेखाउनको लागि अनुहार धोएपछि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

छालामा रहेका मृत कोष्ठहरु नहटाई मेकअप
दैनिक प्रयोग गरिने विभिन्न प्रकारका मेकअप प्रोडक्ट्सका कारण अनुहारको छालामा मरेका कोष्ठहरुको मात्रा धेरै हुन्छ । त्यसैले मेकअप गर्नुअघि छालामा भएका त्यस्ता मृत कोष्ठहरुलाई हटाएर मात्र मेकअप गर्न जरुरी हुन्छ ।

फोहोर मेकअप ब्रसको प्रयोग
दैनिक प्रयोग हुने मेकअप ब्रस फोहोर भइरहेको हुन्छ र हामी सबै त्यही फोहोर ब्रसले मेकअप गरिरहेका हुन्छौ । जुन ब्रसमा धुलो, तेल वा ब्याक्टेरिया जस्ता छालालाई हानी गर्ने पदार्थहरु टासिएको हुन्छ । जसले छालामा एलर्जी गराउँछ । त्यसैले हरेक हप्ता ब्रसको सरसफाई गर्नुपर्छ ।

ब्लश गर्दा ब्लेन्ड नगर्नु 
गालामा ब्लशको प्रयोग गरेपछि मेकअपले पूर्ण लुक दिन्छ । तर ब्लशको सही प्रयोग गर्न नसकेको खण्डमा तपाई वास्तविक उमेरभन्दा बढी उमेरको देखिनुहुन्छ । त्यसैले यदि ब्लड पिकं रङको ब्लश लगाइरहनुभएको छ भने त्यसलाई सही तरिकाले ब्लेन्ड गर्नुपर्छ ।

मेकअप गर्दा औंलाको प्रयोग
मेकअपलाई उत्कृष्ठ लुक दिनको लागि मेकअप गर्दा औंलाको प्रयोग उत्तम मानिन्छ । तर, औंलामा भएका विभिन्न ब्याक्टेरियाको प्रयोग अनुहारमा फैलिन सक्छ र अनुहारमा एक्नीको मात्रा बढाउँछ ।

डार्क सर्कल्स लुकाउँन कन्सिलर
आँखाकोमूनी भएको डार्क सर्कल्स लुकाउँनको लागि प्रयोग गरिने कन्सिलरले डार्क सर्कल छोपिनुभन्दा झन बढाउँने काम गर्छ त्यसैले यसको सट्टामा करेक्टरको प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल भएको ठाउँमा मात्र हल्का लगाउँदा मेकअप नेचुरल देखिन्छ ।

लिप लाइनर 
लिप लाइनरले तपाईंको ओठको आकार बढाउँन मद्दत गर्छ । तर, यसको गलत तरिकाले प्रयोग गरियो भने भद्दा देखिन सक्छ । ओठलाई रिशेप दिनको लािग धेरै गाढा रङको लिप लाइनरको प्रयोग नगरी ओठ रङको नै प्रयोग गर्नुपर्ने मेकअप आर्टिस्ट्सहरु सुझाउँछन् ।

मेकअप धुन भुल्नु
सुत्नुअघि कहिल्यै पनि मेकअप धुन भुल्नुहुँदैन । रातभर मेकअप लगाएर सुत्दा अनुहारमा एक्निको मात्रा बढ्छ । मेकअप गर्दा प्रयोग गरिएका विभिन्न प्रोडक्ट्सले रोमछिद्रलाई बन्द गरिदिन्छ जसले गर्दा एक्निको मात्रा बढ्दै जान्छ ।

बाथरुममा मेकअपका सामान राख्नु 
मेकअप प्रोडक्ट्स बाथरुपमा राख्दा छिट्टै खराब हुने गर्छ । बाथरुममा हुने चिसोपनको कारण मेकअपको सामानमा ब्याक्टेरियाले आक्रमण गर्छ र इन्फ्ेक्सन गराउँछ । मेकअपको सामान सधैँ कुल र सुख्खा ठाउँमा राख्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्