दाजुभाईको एउटै श्रीमान, यसमै छ खुसी



हाम्रो इकोनोमि

 

गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘सहायक श्रीमान्’ प्रदर्शन भएपछि हलमा प्रश्नहरूको घेराबन्दी भयो । विदेशी दर्शक र मुल्यांकनकर्तालाई विषय अचम्म लाग्नु अस्वभाविक थिएन तर नेपाली दर्शक नै छक्क परे । त्यहाँमाथि नेपाल कम्युनिस्ट पार्टीका सांसद छक्कबहादुर लामा पनि सहायक श्रीमान् (बहुपति प्रथा)का एक अंग रहेको र उनले गरेका ब्रिफिङ सुन्दा जो कोही प्रथा पुरानो विषय नयाँ भन्न छाडेनन् ।

नेपालको हिमाली जिल्ला हुम्लाका कतिपय गाउँमा रहेको यो प्रथा एउटा सांस्कृतिक मान्यता र अर्को सामाजिक चोटसँग जोडिएको विषय थियो । जसलाई पाण्डेले पर्दामा उतारेर हुम्लाको त्यो प्रथा काठमाडौं हुँदै विश्वभरी देखाउँदैछन् ।

बहुपति प्रथाका एक पात्र हुन् अविनाश लामा । जो वृत्तचित्रका छायाँकार पनि हुन् । जेठा दाईले बिहे गर्ने र अन्य भाईलाई पनि पति बनाएर राख्ने, सन्तान सबैबाट जन्माउने एक्ली भाउजुको कथामात्र होइन, त्यस ठाउँको प्रथा छ । अविनाश भन्छन्,‘म पनि दुई बुवाको एक्लो सन्तान हुँ ।’

हुम्ला भारगाउँ, लिमाटाङ, गुरुङसे, बरौसे लगायत गाउँमा दुई अहिलेसम्म कतिपय परिवारमा साधारण मानिने गरेको अनुभव निर्देशक पाण्डेले सुनाए ।

यो प्रथाको विषयमा जानकारी पाएपछि कुन कुन ठाउँमा रहेछ भन्ने खोजी गर्ने क्रममा गोरखामा पनि भेटिएको सुनाएका पाण्डे भन्छन्,‘तर अझ व्यापकता कहाँ छ भन्ने खोजीका लागि हामीले हुम्ला रोज्यौं ।’

वृत्तचित्रमा तीन महिला र उनीहरूका श्रीमानहरूको कथा उनिएको छ । नौ वटा परिवारसँग कुराकानी गरिएको सुनाएका निर्देशक पाण्डेले उपयुक्त कथालाई स्थान दिएर वृत्तचित्र निर्माण गरिएको जनाए ।

‘यो विषयको बारेमा पुस्तक लेखिएका, समाचार सुनिए पनि कुनै फिक्सनमा आधारित फिल्म वा वास्तविक वृत्तचित्र नबनेको आफूले पाएपछि नयाँ विषय पस्किएँ’, पाण्डे सुनाउँछन् । फिल्म ३९ मिनेट लामो छ । पाण्डे बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’का निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ...

प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...