दाजुभाईको एउटै श्रीमान, यसमै छ खुसी



 

गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘सहायक श्रीमान्’ प्रदर्शन भएपछि हलमा प्रश्नहरूको घेराबन्दी भयो । विदेशी दर्शक र मुल्यांकनकर्तालाई विषय अचम्म लाग्नु अस्वभाविक थिएन तर नेपाली दर्शक नै छक्क परे । त्यहाँमाथि नेपाल कम्युनिस्ट पार्टीका सांसद छक्कबहादुर लामा पनि सहायक श्रीमान् (बहुपति प्रथा)का एक अंग रहेको र उनले गरेका ब्रिफिङ सुन्दा जो कोही प्रथा पुरानो विषय नयाँ भन्न छाडेनन् ।

नेपालको हिमाली जिल्ला हुम्लाका कतिपय गाउँमा रहेको यो प्रथा एउटा सांस्कृतिक मान्यता र अर्को सामाजिक चोटसँग जोडिएको विषय थियो । जसलाई पाण्डेले पर्दामा उतारेर हुम्लाको त्यो प्रथा काठमाडौं हुँदै विश्वभरी देखाउँदैछन् ।

बहुपति प्रथाका एक पात्र हुन् अविनाश लामा । जो वृत्तचित्रका छायाँकार पनि हुन् । जेठा दाईले बिहे गर्ने र अन्य भाईलाई पनि पति बनाएर राख्ने, सन्तान सबैबाट जन्माउने एक्ली भाउजुको कथामात्र होइन, त्यस ठाउँको प्रथा छ । अविनाश भन्छन्,‘म पनि दुई बुवाको एक्लो सन्तान हुँ ।’

हुम्ला भारगाउँ, लिमाटाङ, गुरुङसे, बरौसे लगायत गाउँमा दुई अहिलेसम्म कतिपय परिवारमा साधारण मानिने गरेको अनुभव निर्देशक पाण्डेले सुनाए ।

यो प्रथाको विषयमा जानकारी पाएपछि कुन कुन ठाउँमा रहेछ भन्ने खोजी गर्ने क्रममा गोरखामा पनि भेटिएको सुनाएका पाण्डे भन्छन्,‘तर अझ व्यापकता कहाँ छ भन्ने खोजीका लागि हामीले हुम्ला रोज्यौं ।’

वृत्तचित्रमा तीन महिला र उनीहरूका श्रीमानहरूको कथा उनिएको छ । नौ वटा परिवारसँग कुराकानी गरिएको सुनाएका निर्देशक पाण्डेले उपयुक्त कथालाई स्थान दिएर वृत्तचित्र निर्माण गरिएको जनाए ।

‘यो विषयको बारेमा पुस्तक लेखिएका, समाचार सुनिए पनि कुनै फिक्सनमा आधारित फिल्म वा वास्तविक वृत्तचित्र नबनेको आफूले पाएपछि नयाँ विषय पस्किएँ’, पाण्डे सुनाउँछन् । फिल्म ३९ मिनेट लामो छ । पाण्डे बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’का निर्देशक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

  इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्

नेप्से- ४५ अंकले वृद्धि, सवा ५ अर्ब कारोबार

    शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण