तनहुँमा एक बाबुले छोरिलाइ दिए अनौठो दाइजो, बिबाहमा आएका सबै परे छक्क !



तनहुँको आँबुखैरेनीमा एक बाबुले आफ्नो छोरीको विवाहमा अनौठो दाइजो दिएका छन् । दाइजो लिनु र दिनु गैरकानुनी मानिन्छ । तर उनले आफ्नो छोरीको भविष्य सुरक्षित गर्ने दाइजो स्वरुप छोरीलाई विमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई दाइजो दिन नहुने कानुनी मान्यताको पनि सम्मान हुने र छोरीको भविष्य पनि सुरक्षित हुने अचम्मको उपाय अपनाएका छन् ।

छोरीको विवाहमा उनले १० लाख रुपैयाको बिमा पोलिसी खरिद गरेर दिएका छन् । आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी निवासी भोला गंगाजुले छोरीको विवाहमा बिमा पोलिसी दिएका खरिद गरेर दिएका हुन् । गंगाजुले बुधबार छोरीको विवाह गरिदिएका हुन् । उनले युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले बताएका छन् । उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए । गंगाजु युनियन लाईफ ईन्सुरेन्स कम्पनीका एजेन्सी म्यानेजर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्