तनहुँमा एक बाबुले छोरिलाइ दिए अनौठो दाइजो, बिबाहमा आएका सबै परे छक्क !



हाम्रो इकोनोमि

तनहुँको आँबुखैरेनीमा एक बाबुले आफ्नो छोरीको विवाहमा अनौठो दाइजो दिएका छन् । दाइजो लिनु र दिनु गैरकानुनी मानिन्छ । तर उनले आफ्नो छोरीको भविष्य सुरक्षित गर्ने दाइजो स्वरुप छोरीलाई विमा पोलिसी उपहार दिएका हुन् । उनले छोरीलाई दाइजो दिन नहुने कानुनी मान्यताको पनि सम्मान हुने र छोरीको भविष्य पनि सुरक्षित हुने अचम्मको उपाय अपनाएका छन् ।

छोरीको विवाहमा उनले १० लाख रुपैयाको बिमा पोलिसी खरिद गरेर दिएका छन् । आँबुखैरेनी गाउँपालिका ३ आँबुखैरेनी निवासी भोला गंगाजुले छोरीको विवाहमा बिमा पोलिसी दिएका खरिद गरेर दिएका हुन् । गंगाजुले बुधबार छोरीको विवाह गरिदिएका हुन् । उनले युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले बताएका छन् । उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए । गंगाजु युनियन लाईफ ईन्सुरेन्स कम्पनीका एजेन्सी म्यानेजर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...