लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी



 

 

केही समयअघि एक शिक्षित  वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे । उनले ‘सामान्य’ भन्दै पोखेको समस्याको सार थियो, ‘मलाई फेसबुकमा फोटो हाल्न मन लाग्छ । फोटो खिच्छु, सम्पादन गर्छु, राम्रो क्याप्सन लेखेर पोस्ट गर्छु । तर सोचेजस्तो लाइक, कमेन्ट आउँदैन । मजस्तै साथीहरूको चाहिँ टन्नै आउँछ । त्यस्तो बेला मलाई तनाव र छटपटी हुन्छ । किन होला रु’

सामाजिक सञ्जालका कारण मानसिक उल्झनमा फसेकाहरूलाई खनालले रोजै परामर्श दिन्छन् तर ठ्याक्कै त्यस्तो पीडा कसैले व्यक्त गरेका थिएनन् । त्यसैले खनालले उनको फेसबुक हेरे, नयाँ–नयाँ पहिरनमा चाखलाग्दा कुरा लेखेर फोटो हाल्दा रहेछन्, हरेक कमेन्टमा रिप्लाइ गर्दा रहेछन् । निष्कर्ष निकाले, आम फेसबुक प्रयोगकर्ताझैँ उनलाई पनि लोकप्रिय हुने लत बसिसकेको रहेछ ।

“सोचेजस्तो लाइक आएन भने अलोकप्रिय भएँ, अरूले वास्ता गरेनन् भन्ने चिन्ता हुन्छ,” खनाल भन्छन्, “मान्छेले आफ्नो अस्तित्व र लोकप्रियताको मानक सामाजिक सञ्जाललाई मान्न थालेको छ । सबैलाई यहीँ र यसैमार्फत अरूको ध्यान खिच्नु परेको छ । जबकि यो पूरापूर भ्रम र नक्कली दुनियाँ हो ।” ‘डिजिटल एडिक्सन’ अर्थात् विद्युतीय दुव्र्यसनकै एउटा रूप हो, यो ।

धन्न १ ती व्यक्तिले समयमै समस्या पहिल्याए, परामर्श लिइहाले तर उनीजस्तै ‘भर्चुअल वल्र्ड’ मा अरूको ध्यान तान्न मरिहत्ते गर्ने र अपेक्षा पूरा नहुँदा भित्रभित्रै तड्पिने कति होलान् रु यो प्रश्न अरूप्रति तेस्र्याउनुभन्दा हरेक व्यक्तिले आफैँलाई सोध्न र मनन गर्नु आवश्यक छ । हाम्रा हरेक गतिविधि ‘एटेन्सन’ पाउने नियत र उद्देश्यबाट प्रेरित हुन थालेका छन् । झट्ट हेर्दा लाग्छ, लोकप्रिय हुने यो प्यास मेटाउन सामाजिक सञ्जाल प्रभावकारी बनेको छ तर होइन । खासमा यसले घाँटी अझ सुकाएको छ । मानवशास्त्री सञ्जीव पोखरेल भन्छन्, “एटेन्सन खोज्ने मान्छेको केन्द्रीय विशेषता हो । सामाजिक सञ्जालले थप बढावा दिएको छ । बिहानदेखि रातीसम्म अरूको ध्यान खिच्न लाइक, कमेन्ट, ट्वीट, रिट्युट, भ्युज बटुल्ने ध्याउन्न हुन्छ ।”

फरक यत्ति हो, कोही जानेरै चर्चा खोजिरहेका हुन्छन्, कोही थाहै नपाई यो दलदलमा भासिन्छन् । अघिल्लो वर्ष गार्जियनले लेखेको थियो, ‘फेसबुक एक्लैले दैनिक १ अर्ब ४० करोड मान्छेको एटेन्सन फलाउँछ र बेच्छ,  जुन संसारको पाँचमध्ये एक हिस्सा हो ।’

पोखरेलका अनुसार मानव सभ्यताको सुरुआतबाटै ‘म’ लाई स्थापित गर्न खोजिएको देखिन्छ । जंगलबाट सिकार गरेर ल्याउँदा अरूलाई बोलाएर आफ्नो बहादुरी देखाउने, रूखको बोक्रा–ढुंगामा आफ्नो नाम खोपाउने, नयाँ ठाउँको नामकरण गर्दा भव्य महल, मठमन्दिर बनाउँदा वा अरूभन्दा केही विशेष काम गर्नासाथ आफूलाई अघि सारिहाल्ने गरिन्थ्यो । तर उबेला ‘एटेन्सन’ पाउने स्रोत सीमित थियो ।

धेरै पनि होइन, सामाजिक सञ्जालको उदय हुनुअगाडि पनि मान्छेलाई आफ्नो चर्चा गराउने सुविधा र पहुँच थिएन । शासक र सम्पन्नशालीले मात्रै आफ्नो अस्तित्व ठूलो समुदायसम्म स्थापित गर्न सक्थे । तर सामाजिक सञ्जालले हरेक व्यक्तिलाई समान हैसियत दियो । यो आफैँमा लोकतान्त्रिक पद्धति थियो । यसका यावत् फाइदा थिएरछन् तर दुर्भाग्य १ प्रयोगकर्ताको मोह ‘आत्मप्रचार’ मा केन्द्रित हुन थाल्यो । मानवशास्त्री पोखरेलकै शब्दमा सामाजिक सञ्जालका हरेक गतिविधि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘एटेन्सन’ पाउनकै खातिर हुन्छन् । जसरी हुन्छ, अरूमाझ आफू ‘नोटिस’ हुनुपर्‍यो । बस् ।

प्रतिक्रिया दिनुहोस
बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

माइडिया, नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

  माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी बिभिन्न इलेक्ट्रोनिक्स सामना

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण