वडा अध्यक्ष आफ्नै कर्मचारीसँग बन्द कोठामा मस्ती, स्थानीयले गरे रामधुलाइ



हाम्रो इकोनोमि

 

पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं. ३ जयमंगलापुरका वडाध्यक्ष विनोद साह कानु स्थानीयद्वारा कुटिएका हुन् ।

वडा कार्यालयमा सेवाग्राही पुग्दा वडाध्यक्ष कानु र वडा कार्यालयकी सहयोगी महिला एउटा बन्द कोठामा थिए । वडा कार्यालय पुगेका सेवाग्राहीले कार्यालयको कोठाको ढोका खोल्दा वडाध्यक्ष कानु आक्रोशित हुँदै स्थानीयलाई गालीगलौज गर्न थाले पछि विवाद भएको थियो । कोठा खोलेको निहुँमा वडाध्यक्ष स्थानीय माथि गाली गलौज गर्दै खनिए पछि विवादले उग्ररुप लिएको थियो ।

यसै विषयलाई लिएर कानुको आचरण ठिक नभएको आरोप लगाउँदै कार्यालयमा जम्मा भएका स्थानीयले रामधुलाइ गरेका हुन । वडा अध्यक्षको पक्ष लिएर गाउँपालिका प्रहरीले स्थानीयहरु माथी जाईलागे पछि स्थानीयहरुले प्रहरीहरुलाई समेत कुटपिट गरेका थिए । प्रहरी विकाउ साह र दिलिप यादवलाई स्थानीयले कुटेका हुन ।

कुटपिट गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटना बारे अनुसन्धान गर्न स्थानिय वृजेश मुखिया विन र अनिश कुमार साहलाई वुडगाई प्रहरी चौकीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

सिंहले भने- ‘कर्मचारी माथी कुटपिट भएको बुझ्नमा आएको छ हामी घटना बारे थप अनुसन्धान गरि रहेका छौँ ।’ कानु तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...