भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नुस् : पर्यटनमन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे ।

नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष-२०२० का विषयमा छलफल आयोजना गरेको थियो । त्यसमा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए । तर, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गरे ।

उनले भने, ‘सरकार तपाईंहरुको साथमा छ, तर अब तपाईंहरु पनि माग मात्रै नराख्नुहोस् । सबै मिलेर काम गरौं ।’

मन्त्री भट्टराईले व्यवसायीसँग आफ्नो कार्यालय, होटल र सार्वजनिक स्थालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री राखेर अभियानमा जुट्न पनि भने । त्यसको अनुगमन मन्त्रालयबाट हुने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...