कसरी बन्दैछ गौतमबुद्ध रङ्गशाला



 

रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र २० रुपैंयाँको टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।

 

विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि ६० हजार रुपैंयाँ सहयोग समेत गरेको बताएका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । १० दिनअघिदेखि प्रवेशको व्यवस्था मिलाइएपछि दैनिक रङ्गशाला हेर्न आउनेको संख्या बढ्दै गएको कट्टेलले बताए । कैलाली, कञ्चनपुर, अर्घखाँची, झापा, दाङ, बागलुङलगायतका जिल्लाबाट रङ्गशाला हेर्ने आएका उनले जानकारी दिए ।

निर्माण हुँदै गरेको रङ्गशालाको अवलोकन र तस्वीर खिच्नेको भीड लागेको छ । अहिले रङ्गशालाको निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । भुइँमा माटो भर्ने काम सम्पन्न गरी रोलरले पेल्ने काम समेत भइसकेको छ ।

पाँगो माटो व्यवस्थापन गर्ने काम भइरहेको भन्दै उनले मैदानको कालोपत्रका लागि ढुङ्गा बिछ्याउने काम भइरहेको जानकारी दिए । एक फिट मोटो ढलान गर्नुपर्ने भएकाले १४१ कामदार खटिएको उनले बताए ।

रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी दुई मैत्रीपूर्ण खेल समेत सम्पन्न भएका छन् । रङ्गशला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाका विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।

निर्माणको काम तीव्र भए पनि आर्थिक संकलन भने खासै हुनसकेको छैन । आठ करोड हाराहारी बोलकबुल भएकामा एक करोड मात्र सङ्कलन भएको भन्दै कट्टेलले हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुल बाहेक तीन करोड सङ्कलन भएको बताऐ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ ।

यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने उनले जानकारी दिए । हाँस्य कलाकारितालाई केहि समय थाँती राखेर रङ्गशाला निर्माणमा जुटेका सीताराम कट्टेलको हरेक समय अहिले यहिं बितिरहेको छ । उनी विहानदेखि बेलुकैसम्म कामदारहरुसँग खट्छन् ।

कामको अनुगमन गर्ने, सहयोग रकम जुटाउने र कामदारलाई रङ्गशाला निर्माणमा दतचित्त भएर खट्नका लागि उनी प्रेरित गरिरहन्छन् । विहान ६ बजेबाटै शुरु हुने रङ्गशाला निर्माणको काम साँझ आँखा देख्दासम्म चल्छ ।

कोही बालुवा बोक्ने, कोही सिमेन्ट मुछ्ने, कोही गाडीबाट सामान ओसार्ने, झार्ने, कोही रोलरले माटो पेल्ने गरेको दृष्य देख्दा सबैलाई यहाँ भइरहेको मेहनतले उर्जा दिने गरेको स्थानीय बताउँछन् ।

यहाँ भइरहेको काममा विदेशी शैलीको झल्को मिल्ने भ्रमणमा आएकाहरुको प्रतिक्रिया रहने गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल भन्छन्, ‘रङ्गशाला निर्माणमा आफ्नो कुनै निजी स्वार्थ छैन, राष्ट्रका लागि केहि गर्न सकिन्छ कि भनेर सुखलाई छाडेर दुःख गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग