प्रचण्डको कोटामा वामदेव फागुनपछि प्रधानमन्त्री !



हाम्रो इकोनोमि

 

प्रचण्ड जुन घरमा बस्छन् त्यही घर ध्वस्त बनाउँछन् भन्ने कुराको पुनः पुष्टि हुन थालेको छ । प्रचण्ड नेकपा मशालको महामन्त्री बनिसकेपछि नेकपा मशाल र त्यसपछि एकता केन्द्र विभाजित भएको थियो भने माओवादी पार्टी पनि अनेक टुक्रामा विभक्त हुन पुगेको छ । प्रचण्डकै कारण यतिबेला मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दले बेग्लाबेग्लै समूहमा बस्नुपरेको छ । प्रचण्ड एमालेमा पसेपछि उक्त सङ्गठित दल पनि अस्तव्यस्त हुने स्थिति बन्दै छ ।

पार्टीभित्र आफ्नो स्थिति सुरक्षित बनाउन जेसुकै हथकण्डा अपनाउन तयार प्रचण्डले वामदेव गौतमलाई शिखण्डी बनाएर पार्टी कब्जामा लिन प्रयास गरेको पाइएको छ । वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्ने वाचा प्रचण्डले गरेको र त्यस्तो वाचामा गौतम विश्वस्त रहेको बुझिएको छ ।

संविधानको भाग ७, धारा ७६ ले प्रतिनिधिसभाका सदस्य मात्र प्रधानमनत्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानमा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’ यसरी संविधानले प्रतिनिधिसभाका सदस्यलाई मात्र प्रधानमन्त्री बन्ने मार्ग निश्चित गरेको भए पनि प्रचण्डले संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने पाउने व्यवस्था गर्न संविधान संशोधन गर्ने विश्वास वामदेवलाई दिलाएको र वामदेवले त्यसलाई पत्याएको बताइन्छ ।

संविधान संशोधन गरेर ‘आफ्नो भागमा आउने’ प्रधानमन्त्री पद तपाईंलाई दिन्छु प्रचण्डले भनेपछि वामदेव हरतरहले प्रचण्डलाई सहयोग गर्न तयार भएका छन् । जब कि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै निम्ति भनेर संविधान संशोधन हुने कुनै पनि सम्भावना छैन । शून्य सम्भावना भएको कुरामा समेत विश्वास दिलाएर मान्छे पट्याउन सक्नुलाई प्रचण्डको विशेष क्षमता मानिए पनि यस्ता असम्भव कुरामा समेत विश्वास गरेर वामदेवले आफैँलाई ‘उल्लु’ बनाएका छन् ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुनको पहिलो साता सकिँदै छ । त्यसअघि माघमै डेढ दर्जन सदस्य पदका लागि निर्वाचन हुनेछ र वामदेव गौतमले ‘प्रधानमन्त्री बन्नका निम्ति’ राष्ट्रिय सभा सदस्य हुने मानसिकता बनाएका छन् ।

वामदेव गौतमको साथले प्रचण्डलाई कुनै निर्णायक अवस्थामा पुऱ्याउन नसक्ने भए पनि आफू ‘माओवादी’को मात्र नभई ‘एमाले’ को समेत नेता भएको सन्देश दिन प्रचण्ड सफल हुनेछन् । त्यस्तै, एमाले कित्तालाई आफ्नाविरुद्ध एकजुट हुन नदिन पनि वामदेवको साथले सहयोग पुऱ्याउने ठहर प्रचण्डको भएको बुझिन्छ ।

प्रचण्डले जुन नियतले भए पनि यतिबेला वामदेवलाई आफूतिर मिलाएका छन्, तर यी वामदेव कतिबेला कुन निहुँले कतातिर लागिसकेका हुन्छन्, त्यसको जानकारी पाउन भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । यही मङ्सिर पहिलो साता बनेको पाँचबुँदे सहमति (सचिवालय निर्णय) अनुसार केपी शर्मा ओली पूरा पाँचवर्षे कार्यकालभरि प्रधानमन्त्री रहनेछन् । यसअघि केपी र प्रचण्ड आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्न सहमति बनेको भए पनि अब त्यस्तो सहमति विस्थापित भइसकेको छ ।

के आधारमा प्रचण्डले ‘आफ्नो भागको प्रधानमन्त्री’ वामदेवलाई दिने भनेका हुन् र वामदेवले यस्ता कुरामा कसरी विश्वास गरेका हुन्, आश्चर्यको विषय भएको छ । फागुनपछि केपी ओलीले चाहे भने वामदेव राष्ट्रिय सभा सदस्य हुन सक्लान्, तर प्रधानमन्त्रीचाहिँ कसरी बन्न सक्लान्, यो रोचक हास्यको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...