प्रधानमन्त्री ओलीको दसौं पटक डायलसिस



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको दसौं पटक डायलसिस गरिएको हो । डायलसिस सकिएपछि उनी राति नै प्रधानमन्त्री निवास फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ ।

प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस गरिएको थियो । ‘प्रधानमन्त्रीको अरू स्वास्थ्य स्थिति ठिकै छ, उहाँलाई ल्याएर डायलसिस गराइएको हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाइमा पाँच पटक डायलसिस गरिएको थियो । यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो ।

६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा मिर्गौला प्रत्यारोपण भएको थियो । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...