भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य–मुख्यमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्रािष्ट्रय दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले भ्रष्टाचारमा शुन्य शहनशिलताको निति लिएको र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टाचार मुक्त समाज निर्माणकालागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । जो जहाँ जुन दायित्वमा छ, उसले आफ्नो दाईत्व ईमान्दारीताका साथ पुरा गर्ने हो भने मात्र भ्रष्टाचार अन्त्य हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । आफ्नो दायित्व पुरा नगर्नु पनि एक प्रकारको भ्रष्टाचार नै हुने उहाँको भनाई थियो । आफु पनि भ्रष्टाचार नगर्ने तथा आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता आफैँबाट गरे मात्रै दिवस मनाउनुले सार्थकता पाउने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले सरकारी, गैर सरकारी, निजी क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशीला निर्माण हुने बताउनुभयो ।
अहिले देशव्यापि रुपमा अख्तियारको आतङक मच्चिएको भन्दै मुख्यमन्त्री पौडेलले कर्मचारीलाई अनावश्यक दुख दिने प्रबृतिको अन्त्य हुनु पर्ने समेत बताउनुभएको छ । अख्तियारकै डरले पनि कतिपय स्थानीय तहहरुले काम अगाडी बढाउन नसकेको भन्दै बेनामी उजुरीका भरमा अख्तियारले कसैलाई दुख दिनु राम्रो पक्ष नभएको बताउनुभएको छ । उहाँले अख्तियारले गर्दा विकास निर्माणका काममा असर पर्न नहुने बताउनुभएको छ । भ्रष्टाचार मुक्त समाज निर्माण गर्नु अख्तियारको मात्र हैन सबैको दायित्व रहेको भन्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार अन्तयकालागि व्यवहारमा नै सबैले सदाचार कायम गर्नु पर्नेमा जोड दिनुभयो ।
आयोगको हेटौंडा कार्यालयका प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश मन्त्रीहरु शालिकराम जमरकट्टेल, कैलाश ढुंगेल, अरुण नेपाल, दाबादोर्जे लामा, युवराज दुलाल, जिल्ला समन्वय समिति, मकवानपुरकी उपप्रमुख भगवति पुडासैनी, हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा, जिल्लाका ८ वटै गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोगका तर्फबाट प्रस्तुतीकरण समेत गरिएको थियो । आयोगद्धारा प्रस्तुत प्रतिवेदनका अनुसार विश्वका १ सय ८० राष्ट्रमध्ये सुशासन सूचकांकमा नेपाल १ सय २४ स्थानमा रही ३१ अंक प्राप्त गरेको छ । नेपालको छवि सुध्रन नसकेको र भ्रष्ट मलुक नै रहेको कार्यक्रममा जानकारी दिईएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ५० अंक भन्दा कम अंक प्राप्तगर्ने मुलुक भ्रष्ट मुलुक मानिने कार्यक्रममा जानकारी दिईएको थियो । हेटौंडास्थित आयोगको कार्यालयको कार्यक्षेत्र ११ जिल्ला रहेको छ । आयोगको हेटौंडा कार्यालयका अनुसार ११ जिल्ला मध्ये सबैभन्दा बढी बारा जिल्लाबाट २ सय ५५ बटा, दोश्रोमा पर्सा जिल्लाबाट १ सय ६५ र तेश्रोमा मकवानपुरबाट १ सय ३६ बटा उजुरी आएको बताएको छ । प्रत्येक वर्षको अंग्रेजी महिनाको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...