कर्मचारीलाई भत्ता दिनुभन्दा किसानलाई पेन्सन दिउँ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

सांसदहरुले पेन्सन लिएर घरमा बसेका कर्मचारीहरुलाई चाडपर्व भत्ता र औषधि उपचार भत्ता दिन नहुने प्रस्ताव गरेका छन् ।
राज्यव्यवस्था समितिको आइतबारको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा अधिकांस सांसदहरुले पेन्सन पाएर घरमा बसेकाहरुलाई चाडपर्व भत्ता र विरामी नभएकालाई औषधि उपचार भत्ता दिने व्यवस्था सहि नभएको बताए।

विधेयकको को दफा ४९ मा भाग लिँदै सांसदहरु जनार्दन शर्मा, झपट रावल, नवराज सिलवाल, छक्कबहादुर लामा लगायतले सेवामा रहेका कर्मचारीलाई सरकारले भत्ता दिनु ठीक भए पनि सेवाबाट अवकाश पाइसकेकालाई दिन नहुने बताए । पूर्व गृहमन्त्रीसमेत रहेका सांसद शर्माले अवकाशप्राप्त कर्मचारीलाई भन्दा किसानलाई भत्ता आवश्यक रहेको धारणा राखे ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवा सेवाबाट निस्केर पेन्सन लिएर बसेका कर्मचारीलाई पनि चाडपर्व भत्ता दिने हो भने जेष्ठ नागरिकलाई पनि भत्ता दिनुपर्ने बताए ।
यस्तै सांसदहरुले विरामी नभएका कर्मचारीहरुलाई औषधि उपचार खर्च दिने व्यवस्था गलत भएको ठहर गरेका छन् । सांसदहरु पम्फा भुसाल र जनार्दन शर्माले यो व्यवस्था विधेयकबाट हटाउन माग गरे । अर्का सांसद राजकिशोर यादवले विरामी नहुँदा पनि उपचार खर्च पाउने व्यवस्थालाई ‘चोर बाटो, दलालीकरण, भ्रष्टीकरण’को संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...