खाना खाने वित्तिकै सुत्ने गर्नु भएको छ ? ख्याल गर्नुस् यस्तो होला



हाम्रो इकोनोमि

 

अहिले असोजको महिना छ, न त धेरै गर्मी छ न त धेरै जाडो । यो मौसममा अधिकाशंलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि अधिकाशंको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

हुनत चिकित्सकहरु बेलुकी समेत खाना खाने बित्तिकै नसुत्न सल्लाह दिन्छन् । खाना खाए लगत्तै सुत्ने गर्दा यसले पाचन प्रक्रियामा समस्या सिर्जना गर्ने चिकित्सकको भनाइ छ । खाना खाने बित्तिकै हरेकलाई निन्द्रा लाग्छ भन्ने हुदैन । तर अधिकाशं मानिसलाई खाना खाने बित्तिकै निन्द्रा लाग्छ, यस्तो बानिलाई ‘फुड कोमा’ भनिन्छ ।

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ?
खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्याउछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ ।

कसरी बच्ने ?
चिकित्सकका अनुसार खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफुले खादै गरेको खानाको बारेमा जानकारी राख्नुपर्दछ । यसरी निन्द्रा लाग्ने बानीबाट बच्न खानाको मात्रामा पनि ध्यान पुर्याउनुपर्छ ।

एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुदैन । डाइटमा समेत ध्यान पुर्याउनु पर्छ । खाना खाएपछि सकेसम्म सुत्ने वा आरमसंग बस्ने गर्नुहुदैन । बरु एकछिन हिडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...