माधव नेपाललाई भेट्न भारतद्धारा अस्वीकार



हाम्रो इकोनोमि

 

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली पठाउने तयारी गरेको थियो ।

तर दिल्लीले प्रधानमन्त्रीका विशेष दूत नेपालसँग सम्वाद गर्न अस्वीकार गरेको भारतीय मिडिया दी प्रिन्टले बताएको छ ।  दी प्रिन्टले प्रधानमन्त्रीका ओलीका बिशेष दूत नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको बताएको छ । सीमा विवाद बारे छलफल गर्न प्रधानमन्त्री ओली र सत्तारुढ दल नेकपाले नेता नेपाललाई भारत पठाउने तयारी गरेका थिए । भारतलाई नेता नेपाल विशेष दूतमा रुपमा आउने जानकारी पनि दिएका थिए । तर भारतले न कुटनीतिक नोटको जवाफ पठायो नत नेता नेपालका बारेमा कुनै जानकारी नै दिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...