माधव नेपाललाई भेट्न भारतद्धारा अस्वीकार



हाम्रो इकोनोमि

 

सीमा विवादमा उच्चस्तरीय छलफल गर्न भारतले अस्वीकार गरेको छ । भारतले कालापानी क्षेत्र आफ्नो नयाँ नक्सामा राखेपछि नेपालले सीमा विवादका बिषयमा छलफल गर्न भारतलाई कुटनीतिक नोट पठाएको थियो । कुटनीतिक नोटको कुनै जवाफ नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष दूत बनाएर पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली पठाउने तयारी गरेको थियो ।

तर दिल्लीले प्रधानमन्त्रीका विशेष दूत नेपालसँग सम्वाद गर्न अस्वीकार गरेको भारतीय मिडिया दी प्रिन्टले बताएको छ ।  दी प्रिन्टले प्रधानमन्त्रीका ओलीका बिशेष दूत नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको बताएको छ । सीमा विवाद बारे छलफल गर्न प्रधानमन्त्री ओली र सत्तारुढ दल नेकपाले नेता नेपाललाई भारत पठाउने तयारी गरेका थिए । भारतलाई नेता नेपाल विशेष दूतमा रुपमा आउने जानकारी पनि दिएका थिए । तर भारतले न कुटनीतिक नोटको जवाफ पठायो नत नेता नेपालका बारेमा कुनै जानकारी नै दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...