अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन नेता साहको आह्वान



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान गरेका छन् । शनिवार रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुरमा मनरुप महतो स्मृति विवाह भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा अनियमितता र भ्रष्टाचार व्याप्त भएको भन्दै यसको विरुद्ध जाग्न सबैमा आह्वान गरेका हुन् । मुलुकले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धि कार्यान्वयन गर्न मुलुकबाट भ्रष्टाचार निर्मुल गर्नुपर्ने अध्यक्ष साहको तर्क थियो ।

समृद्धिको बाधकको रुपमा भ्रष्टाचार र आर्थिक अनियमिततालाई चित्रित गर्दै उनले भने, “हामीले लामो लडाई पछि मुलुकबाट निरकंश शासन व्यवस्था फाल्यौँ तर अझै त्यसको अवशेष बाँकी छ । त्यतिबेलाका पञ्च र कांग्रेसले सृजना गरेको वेथितिहरु चाहे त्यो आर्थिक अनियमितता होस् भ्रष्टाचार होस् चाहे सामन्ती सोच होस् ।

ती सबैलाई उखेलेर फाल्नुपर्छ । र त्यसका लागि तपाई हामी एकजुट भएर वेथितिहरुका विरुद्ध लड्नुपर्छ ।“ अध्यक्ष साहले थपे, “समाज बदलाबको जुन अभियानमा हामी छौँ । त्यो अभियान तब मात्र सार्थक हुन सक्छ जब हामीले समाजमा जरा गाडेर बसेको भ्रष्टाचारलाई उखेलेर फाल्छौँ । भ्रष्टचारीको कुनै रुप, जात, धर्म, समुदाय, पार्टी हुँदैन । उनीहरु केवल विकासका बाधक हुन्, असल समाजका शत्रु हुन् । त्यस्ता तत्व जबसम्म तपाई हाम्रो बीचमा रहन्छ तबसम्म हामी समृद्धि र सामाजिक जागरणको लक्ष्यमा पुग्न सक्दैनौँ । त्यसैले म आह्वान गर्दछु, अनियमितता र भ्रष्टाचारका विरुद्ध खडा हुनुहोस् ।“

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...