‘मिस वर्ल्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा, जीतका लागि १ लाख सेयर गरौँ



हाम्रो इकोनोमि

 

‘मिस वर्ल्ड २०१९’ प्रतियोगिता सुरु हुन मात्रै दुई दिन बाँकी छ। प्रतियोगितामा यस पटक नेपालको प्रतिनिधित्व ‘मिस वर्ल्ड नेपाल २०१९’ अनुस्का श्रेष्ठले गर्दैछिन्। त्यसका लागि उनी अहिले लण्डनमा छिन्।

प्रतियोगितामा विश्वभरबाट आएका १ सय २४ सुन्दरीबीच रोचक प्रतिस्पर्धा हुनेछ । अहिले ‘मिस वर्ल्ड’का लागि भोटिङ चलिरहेको छ। प्रतियोगितामा सहभागीहरु आफ्नो भोट बढाउन लागिपरेका छन्।

यस्तोमा अनुस्का भोटिङको दोस्रो स्थानमा छिन्। यो समाचार तयार पार्दासम्म उनले ११.८८ प्रतिशत भोट पाएकी छिन्। पहिलो स्थानमा भियतनामकी सुन्दरी लोअङ थुय लिंह छिन्। उनले १३.७३ प्रतिशत भोट प्रात गरेकी छिन्। त्यस्तै ११.५४ प्रतिशत भोट ल्याउँदै बङ्गलादेशकी सुन्दरी रफह तेर्सा तेस्रो स्थानमा छिन्।

प्रतियोगितामा भोटिङमा पहिलो स्थानमा पुग्ने प्रतिस्पर्धिले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्। जसले विजेतालाई १ सय २४ बाट सोझै उत्कृष्ट २० मा पर्‍याउनेछ। त्यसैले अनुस्कालाई भोटकोे निकै खाँचो छ ।

भोट कसरी गर्ने ?

अनुस्कालाई भोट गर्न ‘मोबस्टार’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसपछि एपमा गएर अनुस्का श्रेष्ठ सर्च गरि उनले पोष्ट गरेका फोटोहरुमा लाईक र कमेन्ट गर्नुपर्नेछ। त्यस्तै मिस वल्र्डको आधिकारिक वेबसाइटमा गएर अनुस्कालाई भोट गर्न सकिन्छ।

गत वर्ष ‘मिस वल्र्ड २०१८’ मा नेपालको प्रतिनिधित्व गर्दै श्रृङ्खला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘व्युटी विथ प्रपोज’ उपाधि जितेकी थिइन्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...