अपराधी आलम बचाउन यस्तोसम्म गरे दीप बस्नेतले



हाम्रो इकोनोमि

 

रौतहट राजापुर नरसंहार काण्डका मुख्य आरोपी मोहमद अफताब आलमलाई जोगाउन तत्कालिन अख्तियार दुरुपयोग आयोगका आयुक्त दीप बस्न्यातले महत्वपूर्ण भूमिका निर्वाह गरेको रहस्य खुलेको छ ।

बस्न्यातले २०७४ भदौ १ गतेको निर्णयबाट आलमलाई उन्मुक्ति दिन गरेको निर्णय अहिले खुलेको हो । अख्तियारको अनुसन्धानको दायरामा रहेका आलमको फाईल तामेलीमा राखेर आलमलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य अहिले सार्वजनिक भएको छ । यद्यपी रौटहट नरसंहारका मुख्य नाईके आलम १२ वर्षपछि अहिले कारबारमा थुनामा रहेका छन् ।

यसरी पैसा र पहुँचवालाहरुको अनुसन्धानको फाइल अख्तियारमा तामेलीमा राखिने गरिएको घटना नयाँ होइनन् । तर यो प्रक्रियाले दीप बस्न्यातको पालामा भने उचाइ नै ग्रहण गर्यो । पदभार ग्रहण गर्ने बित्तिकै निकै क्रियाशील रहेका बस्न्यातले अख्तियारमा फाइल लुकाउने र अनुसनधान प्रक्रियालाई तामेलीमा राख्ने कामलार्ई तिब्रता दिए । तामेलीमा राखिएका अनुसन्धान प्रक्रिया प्रायः पहुँचवालाको रहने गरेका छन् ।

एकताका चर्चित तत्कालीन सचिवहरू शान्तबहादुर श्रेष्ठ, गजेन्द्र ठाकुर, शम्भु कोइराला, सांसद इच्छाराज तामाङ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनलगायतको अनुसन्धानका मुद्दाहरु उनैले तामेलीमा राखेका थिए ।

स्रोतले बताएअनुसार अख्तियारले भ्रष्टाचार बढी हुने गरेको भनेर छड्के आँखा लगाएको राजस्व, भन्सार र सडक कार्यालयका कर्मचारीलाई छानबिन गर्ने भनी १३ पाने सम्पत्ति विवरण भराउने गर्दछ । तर यो विवरण भरेको केही दिनमै बस्न्यातको घरमा कर्मचारीको दर्शनभेट नै चल्ने गर्दथ्यो ।

कर्मचारीहरु आएर नजराना चढाएपछि यता कार्यालयमा दिनरात अनुसन्धान कार्यमा डटिरहेका कर्मचारीको हातबाट फाइल तानेर बस्न्यातले फाइल नै गायब परिदिन्थे । अनुसन्धानमा रातदिन लागि परेका कर्मचारीका अगाडि बस्न्यात निकै अन्तर्यामी झैं भएर भन्ने गर्दथे– ‘यसको केही भेटिएलाजस्तो छैन ।’

भेटिने कुरा सबै बस्न्यातकै घरमा भैसकेका हुनाले फाइलमा नभेटिने भैसकेको हुन्थ्यो । अनि एक्कासी तामेलीमा राख्नका लागि रायसुझाव आइहाल्थ्यो । उनका पालामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काको मुद्दा यसैगरी तामेलीमा थियो । बस्न्यातले अवकाश पाएपछि बल्ल खड्कामाथि मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...