आगलागी हुँदा ३२ जनाको ज्यान गयो



हाम्रो इकोनोमि

 

भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् ।

दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

आइतबार बिहान करिब साढे ५ बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । त्यहाँ कागज र कार्टुन उत्पादनको उद्योगसमेत रहेकाले आगो छिट्टै फैलिएको थियो । आगोका कारण नजिकका तीन घरसमेत जलेका छन् ।

पुरानो दिल्लीको यो क्षेत्रमा साँघुरा गल्ली छन् । उद्धार कार्यमा ढिलाइ हुँदा मृतकको संख्या बढेको बताइएको छ । साँघुरा गल्लीका कारण दमकल प्रवेश गर्न नसक्दा नजिकै अग्नि समन केन्द्र भए पनि आगो निभाउन समस्या भएको छ । आगो निभाउनका लागि ३० भन्दा बढी दमकल प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...