रामचन्द्र पौडेलले भने अब कांग्रेसको काम छैन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्यूनिष्टसँग जनता आक्रोसित भएपनि बिकल्पमा कांग्रेस रोज्न नसकेको स्वीकार गरेका छन् । ‘कम्यूनिष्ट सरकारप्रति जनता आक्रोसित छन्, तर विकल्पमा कांग्रेसलाई रोज्न सकेनन्’ शनिवार स्मृतिमा प्रजातन्त्र सेनानी नेबबहादुर मल्ल पुस्तकको विमोचन कार्यक्रममा नेता पौडेलले भने ‘विगतमा कांग्रेसको गतिविधिलाई हेरेर जनताले कम्यूनिष्टको बिकल्प कांग्रेसलाई रोज्न सकेनन् ।’

नेपाली कांग्रेसभित्र प्रजातन्त्र सेनानी नेबबहादुर मल्लजस्ता स्वाभिमानी त्यागी नेताको कमी हुँदै गएका कारण कांग्रेस विकल्पको पार्टी बन्न नसकेको बताए । उनले सत्तामा रहँदा कांग्रेसले गल्ती गरेका कारण जनता रिसाएको बताए ।

‘केही साथीहरुले बडो हौसलाको कुरा गर्नूभएको छ । तर भर्खरै भएको उपनिर्वाचनको परिणाम हेर्नुहोस्, कम्यूनिष्टको विकल्प कांग्रेस बन्न सकेन’ पौडेलले भने ‘गल्ती कहाँ भयो ? गम्भीर समिक्षा नगर्ने हो कांग्रेसको भविश्य छैन, कांग्रेसको भविश्य नभए संविधान र देशको भविश्य छैन ।’

उनले कांग्रेसका कार्यकर्तालाई गुटको भन्दापनि पार्टीको मान्छे बन्न आग्रह गरे । ‘देउवा गुट, पौडेल गुट केही पनि नबन्नुहोस्’ पौडेलले भने ‘केवल कांग्रेस बन्नुहोस् ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतले पहिले कांग्रेसका नेताहरु त्यागी र अहिले भोगी भएको टिप्पनी गरे । ‘पहिलेका कांग्रेस नेता कार्यकर्तामा त्याग र बलिदानी थियो, तर अहिले स्वार्थी र भोगी बनेका छन्’ उनले भने ‘स्वार्थी र भोगी ब्यवहारले कांग्रेस बन्दैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...