जिग्री र पाँडेले छोडेपछि भद्रगोलमा लाइक भन्दा डिस–लाइक बढी आयो



हाम्रो इकोनोमि

 

 

केही समय अघिसम्म हाँस्य टेलिसिरियलको दुनियाँमा ‘भद्रगोल’ सर्वाधिक चर्चित थियो । हरेक श्रृखलाले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्थ्यो । यसको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले रुचाएका थिए ।

मिडिया हबले यो सिरियलको निर्माण गरिरहेको थियो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले यसको निर्देशन गर्थे । तर, असारमा उनीहरुको सम्झौता सकियो । यसपछि भने यो शो पुरानै टिमबाट अगाडि बढ्न सकेन ।

केही समय बन्द भएको यो सिरियल फेरि प्रशारण हुन त थाल्यो, तर टिम र पात्र फेरिए । निर्देशनको जिम्मा अशोक धिताल र ज्योती काफ्लेले लिए । कलाकारहरुको नयाँ टिम बनाइयो । तर, नयाँ टोलीले बनाएको पहिलो एपिसोडमा दर्शकको लाइक भन्दा डिस–लाइक बढी आयो । दर्शकले सिरियल कमजोर भएको भन्दै गाली पनि गरे ।

हुनत, अहिले डिसलाइक गर्नेको संख्या घटेको छ । यो नयाँ टिमका लागि केही सुखद हुन सक्छ । तर, यसको युटुब भ्यूज निकै कमजोर छ । टेलिभिजनमा पनि नयाँ टिमको ‘भद्रगोल’ हेर्नेको संख्या बलियो छैन ।

पुरानो ‘भद्रगोल’को टिमले बनाइरहेको ‘सक्कीगोनी’लाई भने दर्शकले रुचाएका छन् । यसैले, ‘भद्रगोल’को नयाँ टिमले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...