जिग्री र पाँडेले छोडेपछि भद्रगोलमा लाइक भन्दा डिस–लाइक बढी आयो



हाम्रो इकोनोमि

 

 

केही समय अघिसम्म हाँस्य टेलिसिरियलको दुनियाँमा ‘भद्रगोल’ सर्वाधिक चर्चित थियो । हरेक श्रृखलाले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्थ्यो । यसको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले रुचाएका थिए ।

मिडिया हबले यो सिरियलको निर्माण गरिरहेको थियो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले यसको निर्देशन गर्थे । तर, असारमा उनीहरुको सम्झौता सकियो । यसपछि भने यो शो पुरानै टिमबाट अगाडि बढ्न सकेन ।

केही समय बन्द भएको यो सिरियल फेरि प्रशारण हुन त थाल्यो, तर टिम र पात्र फेरिए । निर्देशनको जिम्मा अशोक धिताल र ज्योती काफ्लेले लिए । कलाकारहरुको नयाँ टिम बनाइयो । तर, नयाँ टोलीले बनाएको पहिलो एपिसोडमा दर्शकको लाइक भन्दा डिस–लाइक बढी आयो । दर्शकले सिरियल कमजोर भएको भन्दै गाली पनि गरे ।

हुनत, अहिले डिसलाइक गर्नेको संख्या घटेको छ । यो नयाँ टिमका लागि केही सुखद हुन सक्छ । तर, यसको युटुब भ्यूज निकै कमजोर छ । टेलिभिजनमा पनि नयाँ टिमको ‘भद्रगोल’ हेर्नेको संख्या बलियो छैन ।

पुरानो ‘भद्रगोल’को टिमले बनाइरहेको ‘सक्कीगोनी’लाई भने दर्शकले रुचाएका छन् । यसैले, ‘भद्रगोल’को नयाँ टिमले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...