ग्रुप प्रधान सम्पादकमा अर्याल



हाम्रो इकोनोमि

 

नेपाल टप मिडिया प्रालिद्वारा संचालित द नेपाल टप डट कम अनलाइन पत्रिकाको ग्रुप प्रधान सम्पादकमा बरिष्ठ पत्रकार राजेन्द्र अर्याल नियुक्त भएका छन् । ग्रुप सम्पादकमा भर्खरै नियुक्त अर्यालको पछिल्लो समय विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित हुँदै आएका छन् ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अर्यालसँग छलफल, छानविन, सौर्य, सम्बोधनलगायत साप्ताहिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । उनमा सूर्योदय साप्ताहिक पत्रिकाका साथै रातो सूर्य अनलाइनको सम्पादन तथा प्रकाशन गरेको अनुभव छ ।

उनले गोरखापत्र दैनिक र कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकको सम्पादनमा समेत अनुभव हासिल गरेका छन् । यस्तै रेडियो नेपालको चर्चित कार्यक्रम हाका–हाकीको प्रमुखको रुपमा जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको तालिम हासिल गरेका छन् । उनले डेनमार्कबाट जलवायु परिवर्तन पत्रकारितासम्बन्धी तालिम लिएका छन् । पछिल्लो समयमा प्रेस चौतारी नेपालको अध्यक्ष रही सफलतापूर्व कार्यसम्पादन गरेको सांगठनिक अनुभव समेत उनीसँग छ ।

नेपाल टप मिडिया प्रालिले एक वर्ष अगाडीदेखि संचालनमा ल्याएको द नेपाल टप डट कम अनलाइन पत्रिकाका साथै टीएन टी अनलाइन टिभी र टी एन टी अनलाईन रेडियो पनि संचालनमा छ । यस अवसरमा प्रालिका अध्यक्ष अमरेशकान्त झाले अर्यालको नियुक्तिले संस्थाको गति र गरिमा बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...