बंगलादेशसँग नेपाल ४४ रनले पराजित



हाम्रो इकोनोमि

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू-२३ टिमसंग नेपाल ४४ रनले पराजित भएसंगै नेपालको स्वर्ण जित्ने सपना पनि समाप्त भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १ सय ५६ रनको चुनौती दिएको छ। जवाफी ब्याटिङमा आएको नेपालले १ सय ११ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि कप्तान नाजमुल सान्टोले सर्वाधिक ६० रन बनाउँदा अफिफ होसेनले ५२ रन बनाएका थिए। बंगलादेशविरुद्ध पारि खड्काले ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।आजको खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गर्ने नेपालको लक्ष्य रहेको थियो । तर बंगलादेशसंगको हारसंगै नेपाल फाइनलबाट बन्चित भएको छ । नेपालले अब कास्य पदकका लागि खेल्नेछ। चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...