निजगढ विमानस्थलबारे सर्वोच्चमा बहस गर्न तयार छु : पर्यटन मन्त्री भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अनुमती मिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा सर्वोच्च अदालतमा बहसका लागि आफैं जान तयार रहेको बताएका छन् । यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको उल्लेख गरे ।

‘राज्यका कुनै पनि निकाय यो आयोजनामा अवरोधक बन्दैनन्, तर, सर्वोच्च त्यसमा क्लियर हुन खोजेको छ, उसलाई स्पस्ट बनाउनु सरकारको दायित्व हो,’ उनले भने ।

सर्वोच्चले आयोजना नबनाऊ नभनेको भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने उनले बताए । ‘हामी फिल्डमा पो जानु भएन, कागजी कामको तयारीमा त काम गर्न सक्छौं नि,’ मन्त्री भट्टराईले भने ।

यो आयोजनामा काट्ने रुखको संख्या, वातावरण बिनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उनले नागरिक उड्डयन क्षेत्रका बिज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...