यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध



हाम्रो इकोनोमि

 

सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि  उत्तिकै छ ।

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन्  तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् ।

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने  संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ रक्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।
उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...