के तपाईंको मुख गनाउछ ? यस्ता कुरा ध्यान दिनुहोस्, गन्ध सधैंका लागि हराउँछ



हाम्रो इकोनोमि

 

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ ।

मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा:

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

तपाईको मुख गनाउछ ? त्यसो भए यी ५ कुरालाई ध्यान दिनुस !

के तपाईको मुख गनाउछ। के तपाईलाई मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने भन्ने बारेमा थाहा छैन भने आज हामी तपाईलाई केही जानकारी दिदैछाै।

१) खाना खाईसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानिले मुख गनाउने समस्या बाट बिस्तारै छुटकारा पाउन सकिन्छ। सुकमेललाई मुख गनाउने औषधिको रुपमा प्रयोग गर्न सकिन्छ।

२) खाना खाइसकेपछि धनियाको पात चपाउने बानिले मुख गनाउने समस्याबाट मुक्ति पाउन सकिन्छ। यसले सासलाई फ्रेस बनाउन र दुर्गन्ध हटाउने काम गर्छ।

३) ल्वाङको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्ने गर्छ। ल्वाङले सर्दि भगाउनेमा पनि मदत गर्छ।

४) प्राकृतिक रुपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्नुपर्छ। तर यसको नियमित प्रयोग आवश्यक छ।यसलाइ प्राकृतिक माउथ फ्रेसरको रुपमा पनि लिईन्छ।

५) स्वस्थ स्वासप्रस्वासमा अम्बा र अनारको प्रयोगले धेरै ठुलो भुमिका खेल्छ। यसको प्रयोगले श्वासलाई स्वच्छ र पाचन प्रणालीमा समेत राम्रो भुमिका निर्वाह गर्छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...