महिलाको चरमसुखबारे पुरुषले जान्नैपर्ने केही विषय



हाम्रो इकोनोमि

 

अधिकांश पुरुषलाई फिमेल अर्गाजमको बारेमा थाहा नहुन सक्छ । पुरुषहरुलाई आफू सन्तुष्ट भएपछि संगिनी पनि सन्तुष्ट भइन् भन्ने लाग्न सक्छ । तर, महिला र पुरुषको शरीरको बनावट भिन्न किसिमको हुनाले जसरी पुरुष सन्तुष्ट हुन्छन्, त्यसै गरी महिला सन्तुष्ट नहुन सक्छन् । अतः महिलाको शारीरिक बनावट, उत्तेजना र आवश्यकतालाई बुझेर उनीहरुलाई अर्गाजम अर्थात् चरमोत्कर्षको अनुभव गराउनु पुरुषको दायित्व पनि हुन जान्छ ।

 

महिलालाई चरमोत्कर्षको अनुभव गराउन सकेमा दुईबीचको सम्बन्ध पनि प्रगाढ हुन्छ । विशेषतः पुरुषले यस विषयमा ध्यान दिन आवश्यक छ । यदि कसैले अश्लील भिडियोहरु हेर्ने गरेका छन् भने त्यस्ता भिडियोमा पेनिट्रेसनलाई नै बढी महत्त्व दिइएको हुन्छ । त्यस्ता भिडियोमा पेनिट्रेसनबाहेक अन्य यौनिक क्रियाकलाप र आनन्दलाई नगण्य देखाइएको हुन्छ । तर, वास्तवमा अर्गाजमका लागि पेनिट्रेसनबाहेक अन्य क्रियाकलाप पनि त्यतिकै महत्त्वपूर्ण हुन्छन् । महिलाको अर्गाजमका लागि यी कुरामा विशेष ध्यान दिनु आवश्यक छ ।

 

महिलाको शरीरलाई बुझ्ने कोसिस गरौं 
यौनजन्य क्रियाकलापमा पुरुषहरुमा भावनात्मक कमी हुन्छ । कतिपय पुरुष केही समय महिलालाई चुम्बन गरेर शरीर सुम्सुम्याउँछन् र पेनिट्रेसन सुरु गरिहाल्छन् । पुरुषहरु फोरप्लेलाई त्यति समय नै दिँदैनन् । पुरुषहरु जसरी छिटै उत्तेजित हुन्छन्, महिलालाई भने उत्तेजनामा आउन समय लाग्छ । महिलाहरु उत्तेजित हुन ३ देखि १५ मिनेटसम्म लाग्न सक्छ । त्यस्तै, जसरी पुरुषहरु चरमोत्कर्षमा पुग्नेबित्तिकै स्खलित हुन्छन् । तर, महिलाहरु भने एकपटकभन्दा बढी चरमोत्कर्ष महसूस गर्न सक्छन् । तर, यसको लागि महिलाको शरीरलाई बुझ्नु अत्यन्त आवश्यक छ । उनीहरुलाई केले चरमोत्कर्षमा पुर्याउन सक्छ, त्यो थाहा पाउने कोसिस गर्नु जरुरी छ ।

 

चरमोत्कर्षको बाटो कहाँबाट सुरु हुन्छ?
अर्गाजम अर्थात् चरमोत्कर्षमा पुग्न पेनिट्रेटिभ सेक्स ९योनिभित्र लिंग प्रवेश गराउनु० एकमात्र उपाय होइन । फोरप्लेको माध्यमले महिलाको शरीरका विभिन्न संवेदनशील अंगलाई उत्तेजित गर्न सकिन्छ । जस्तै, ओठ, घाँटी, कान, जाँघ, स्तन, पेट, क्लिटरिस ९भगांकुर० आदि महिलाका निकै संवेदनशील अंग हुन् । जसलाई सक्रिय गरी महिलालाई अर्गाजममा पुर्याउन सकिन्छ ।

 

क्लिटरिसलाई उत्तेजित गर्न मुखमैथुन सबैभन्दा उत्तम उपाय मानिन्छ । त्यस्तै, औंलाको प्रयोगले पनि क्लिटरिसलाई उत्तेजित गर्न सकिन्छ । धेरैजसो पुरुषहरु उत्तेजनालाई कायम राख्न नसकी स्खलित भइहाल्छन् जसको कारण महिला असन्तुष्ट हुन सक्छन् । पुरुषले पेनिट्रेसनको लागि धैर्य राख्नुपर्छ ताकि दुवैजनाले अर्गाजम महसूस गर्न सकून् ।

 

एकअर्कासँग कुरा गरौं 
यौनको विषयमा पुरुष त्यति भावुक नहुन सक्छन् । तर, महिलाको लागि यौन र उत्तेजना भावनासँग धेरै नै जोडिएको हुन्छ । महिलासँग भावनात्मक सम्बन्ध प्रगाढ बनाएर उनीहरुलाई खुसी राख्नु धेरै आवश्यक छ । कतिपय अवस्थामा पुरुषहरु संगिनीले यौनानन्द प्राप्त गरिन् कि गरिनन् भन्ने सोध्न आवश्यक नै ठान्दैनन् । कतै यौनिक क्रियामा महिलालाई कुनै समस्या पो आएको छ कि भन्ने पनि वास्ता गर्दैनन् ।

 

तर, महिलाको रुचि–अरुचि जानेर उनीहरु सन्तुष्ट हुन सकेको वा नसकेको थाहा पाउने कोसिस गरेमा दुवैले नै यौनको भरपूर आनन्द लिन सक्छन् । जस्तै, संगिनी कहाँ छुँदा बढी उत्तेजित हुन्छिन्, के गर्दा उनलाई मन पर्दैन आदिबारे सोध्ने गरेमा महिलाहरु पनि पुरुषप्रति विश्वस्त हुन सक्छन् र यसले दुवैको आनन्दलाई दुई गुणा बढाइदिन्छ ।

 

अश्लील भिडियोलाई आधार नबनाऔं 
हाल अधिकांश जोडीले पोर्न भिडियो हेरेर सोही अनुसार आफ्नो यौन जीवन होस् भन्ने चाहन्छन् । पोर्न भिडियोहरु वस्तुनिष्ठ हुन्छन् । भिडियोमा धेरै इडिट गरिएको, एउटै सिनको लागि धेरै पटक खिचिएको हुन्छ । त्यसैले यी वास्तविक हुँदैनन् । पोर्नमा झैं महिलाहरु केही समयमा नै उत्तेजित हुन पनि सक्छन् र नहुन पनि सक्छन् ।

 

त्यस्तै, उनीहरु भिडियोमा झैं आवाज निकाल्न पनि सक्छन् र ननिकाल्न पनि सक्छन् । यसको अर्थ उनीहरु यौनको आनन्द नै लिँदैनन् भन्ने होइन । भगांकुर, स्तन आदि बाहेक महिलाका धेरै अंग संवेदनशील हुन्छन् जसलाई सक्रिय बनाई उनीहरुलाई उत्तेजित गर्न सकिन्छ । यसको लागि भिडियो हेर्नुभन्दा पनि आफूले यौन क्रीडा गर्दागर्दै जानकारी लिने कोसिस गर्नुपर्छ ।

पोर्नको कुलतले वास्तविक यौनको आनन्द लिनबाट मानिस टाढिन सक्ने भएकाले पोर्न भिडियो हेर्नुभन्दा आफ्नी संगिनीलाई धेरै समय दिनु नै यौन जीवनका लागि सबैभन्दा राम्रो उपाय हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ...

प्रदेश मन्त्रीलाई थुन्ने, मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीको चेतावनी

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय...

संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...