ट्रम्पलाई महाभियोग लगाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख तथा विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइने बताएकी छन् ।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप ट्रम्पमाथि छ । ट्रम्पले शक्तिको दुरुपयोग गरे/नगरेबारे सुनुवाइ गरेको त्यहाँको प्रतिनिधिसभाकी सभामुख पेलोसीले महाभियोग लगाउने बताएकी हुन् ।

ट्रम्पले अमेरिकाको प्रजातन्त्रलाई नै दाउमा राखेका छन्’, पेलोसीले पत्रकार सम्मेलनमा भनिन्, ‘महाभियोग नलगाइ छाड्ने विकल्प ट्रम्पले हामीलाई दिएका छैनन् ।’

उनले महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न सदनका समिति अध्यक्षहरूलाई आग्रह गरेकी छन् ।

उनले राष्ट्रपतिलाई घृणाका कारण महाभियोग लगाउन नखोजेको पनि प्रष्ट पारेकी छन् । राष्ट्रपतिले प्रजातन्त्रलाई नै दाउमा पारेकाले महाभियोगको विकल्प नरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभामा ट्रम्पविरुद्धको महाभियोगमाथि यसैवर्षभित्र सुनुवाइ हुने ठानिएको छ । त्यसपछि माथिल्लो सदन सिनेटमा यो विषयले प्रवेश पाउनेछ । बीबीसीका अनुसार, सिनेटमा सन् २०२० को जनवरीमा यसबारे सुनुवाइ हुने सम्भावना छ ।

ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग प्रक्रिया अघि बढ्न लागेका बेला उनले प्रक्रिया टुंग्याएर देशका मुद्दामा अग्रसर हुन आग्रह गरेका छन् ।

अमेरिकाको राजनीतिक केही समयदेखि यसकै वरिपरि घुमेको छ । बीबीसीका अनुसार, महाभियोग अघि बढेमा राजनीतिक विभाजन थप जटिल बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...