रक्सी बोकेर चिनियाँ राजदूत मन्त्री यादवलाई भेट्न पुगिन्



हाम्रो इकोनोमि

 

नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई गिफ्ट स्वरुप रक्सी उपहार प्रदान गरेकी छिन् ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको ठाउँमा केही दिन अगाडि श्रमन्त्रीको सपथ लिएका मन्त्री यादवलाई चिनियाँ राजदूत यानछीले रक्सी उपहार दिएकी हुन् ।

राजदूत यानछीले मन्त्री यादवलाई दिएको दुई वटा झोलामा ‘ब्ल्याक लेबल’ रक्सी रहेको स्रोतले जनाएको छ ।

मन्त्री यादवले पनि राजदूत यानछीले दिएका उपहारहरूलाई सहर्स स्वीकार गरेका छन् ।

झोलामा रहेको बस्तुका विषयमा मन्त्री यादवको सचिवालयले केही भनेको छैन ।

नेपालको राजनीतिमा नजिकबाट नियाल्दै आएको चीनले आफ्नो प्रभावलाई बढाउन हरेक चलखेल गर्दै आएको आरोप छ ।

आफ्नो प्रभावलाई नेपालमा बढाउन चीनले नेपालीहरूलाई प्रत्येक दिन जस्तै घुमाउन लैजाने गरेको छ ।

नेपालीहरूलाई चीनका विभिन्न स्थानको भ्रमण गराएर ल्याउने गरेको छ ।

चीनले नेपालीहरूको स्तर हेरेर भ्रमणमा लैजाने गरेको छ । आफूलाई काम लाग्ने व्यक्तिहरूलाई दैनिक भ्रमण भत्ता दिएर लैजाने गरेको छ ।

अन्यलाई भने खानपिनको मात्रै व्यवस्था गर्ने गरेको आरोप छ ।

चीनले नेपालमा उच्च राजनीतिक नेतृत्व, कर्मचारी र युवा पुस्तालाई लक्षित गरेर आफ्नो अभियान चलाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...