रक्सी बोकेर चिनियाँ राजदूत मन्त्री यादवलाई भेट्न पुगिन्



हाम्रो इकोनोमि

 

नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई गिफ्ट स्वरुप रक्सी उपहार प्रदान गरेकी छिन् ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको ठाउँमा केही दिन अगाडि श्रमन्त्रीको सपथ लिएका मन्त्री यादवलाई चिनियाँ राजदूत यानछीले रक्सी उपहार दिएकी हुन् ।

राजदूत यानछीले मन्त्री यादवलाई दिएको दुई वटा झोलामा ‘ब्ल्याक लेबल’ रक्सी रहेको स्रोतले जनाएको छ ।

मन्त्री यादवले पनि राजदूत यानछीले दिएका उपहारहरूलाई सहर्स स्वीकार गरेका छन् ।

झोलामा रहेको बस्तुका विषयमा मन्त्री यादवको सचिवालयले केही भनेको छैन ।

नेपालको राजनीतिमा नजिकबाट नियाल्दै आएको चीनले आफ्नो प्रभावलाई बढाउन हरेक चलखेल गर्दै आएको आरोप छ ।

आफ्नो प्रभावलाई नेपालमा बढाउन चीनले नेपालीहरूलाई प्रत्येक दिन जस्तै घुमाउन लैजाने गरेको छ ।

नेपालीहरूलाई चीनका विभिन्न स्थानको भ्रमण गराएर ल्याउने गरेको छ ।

चीनले नेपालीहरूको स्तर हेरेर भ्रमणमा लैजाने गरेको छ । आफूलाई काम लाग्ने व्यक्तिहरूलाई दैनिक भ्रमण भत्ता दिएर लैजाने गरेको छ ।

अन्यलाई भने खानपिनको मात्रै व्यवस्था गर्ने गरेको आरोप छ ।

चीनले नेपालमा उच्च राजनीतिक नेतृत्व, कर्मचारी र युवा पुस्तालाई लक्षित गरेर आफ्नो अभियान चलाउने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...