प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्ने, बालुवाटारमै आराम गर्ने



हाम्रो इकोनोमि

 

९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

एपेण्डिसाइटिसको अपरेशनपछि अस्पताललमै आराम गरिरहेका ओलीले बालुवाटारमै आराम गर्ने मनशाय बनाएपछि अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको हो ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नेछन् । अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो ।

तर, प्रम ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भनेर कर गरेपछि डिस्जार्ज गर्न लागिएको उपचारमा संग्लग्न एक चिकित्सकले बताए । उनले भने, ‘बालुवाटारमै चिकित्सकको निगरानीमा राख्ने तयारी भएको छ, आज भरेसम्म या भोलि डिस्जार्ज गर्ने भन्ने छ तर, फाइनल भइसकेको छैन ।’

प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...