प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेको छ । बुधबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा सचिवालयको बैठक बसेको हो । बैठकको अध्यक्षता  अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि नेकपाको सचिवालय बैठक बसेको पहिलो पटक हो । यही मंसिर ४ गते नेकपाले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको थियो ।

पार्टी सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि उत्साहित बनेका प्रचण्डले स्थायी कमिटी बैठक आह्वान गर्ने तयारी गरेका छन् । विधान अनुसार तीन(तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षदेखि बस्न सकेको छैन ।

बुधबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण प्रचण्डले यही मंसिर २४ गतेदेखि गर्ने चीन भ्रमणसमेत स्थगित गरेका छन् । मिर्गौला पुनः प्रत्यारोपणको तयारी भइरहेको बेला एपेन्डिसाइटिस भएपछि ओली अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...