गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्न प्रभु साहको आग्रह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई युनेस्कोको विश्व सम्पदा सुचीमा राख्न आग्रह गरेका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत गराउन पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । “तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो कि गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रित गर्ने महामेला पनि लाग्ने गर्दछ । विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ ।

त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।” अध्यक्ष साहले भने । नेपालको आर्थिक उन्नतिका पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको जीकिर गर्दै अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवर्द्धन गरि मधेशमा पर्यटक भित्र्याउन सकिने बताए । गढीमाईलाई विश्व सम्पदा सुचीमा राख्नु त्यसको आधार बन्ने उनको विश्वास छ । अध्यक्ष साहले माता जानकीको जन्मस्थल जनकपुरस्थित जानकि मन्दिरलाई पनि विश्व सम्पदा सुचीमा समेट्न आग्रह गरेका हुन् । हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...