फुटबलमा भुटानसँग ४-० गोल अन्तरले नेपाल विजयी



हाम्रो इकोनोमि

 

१३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको हो । खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफमा मात्र भयो । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ ।

खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका हुन् । चौथो गोल भने मिक्चेन तामाङकोे नाममा रहृयो । उनले ७७ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...