पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंकासँग हार्यो नेपाल



हाम्रो इकोनोमि

 

उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गर्दै ७२ रन बनाएपनि फिल्डिङमा गल्ती गर्दा नेपाल १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाली टोलीले ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा शाम्मु अशानले अर्धशतकीय पारी खेले । उनले ७२ रन बनाए । यस्तै निशान मदुस्काले ४६ र पथम निशान्काले ३० रन बनाए ।

निशान मदुस्का र पथुम निसान्काले पहिलो विकेटका लागि ३ ओभरमै ३६ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले निसान्कालाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

पाँचौ ओभरको पहिलो बलमा पवन सर्राफले कामिन्डु मेन्डिसलाई आउट गरे । उनले १ रन मात्र बनाए । सुशन भारीले छैटौं ओभरको तेस्रो बलमा ६ रन बनाएका कप्तान असालान्कालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

तर निसान्का र शाम्मु अशानले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै श्रीलंका यू२३ लाई जित दिलाए नेपालले फिल्डिङमा ३ वटा क्याच मिस गरेको थियो ।

निसान्का र शाम्मुले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरे । निशान्का ४६ रन बनाएर आउट भए । त्यसपछि शाम्मस अशानले अन्तिमसम्म ब्याटिङ गर्दै श्रीलंकालाई जित दिलाए । उनले ४४ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ७२ रन बनाए । नेपालका पवन सर्राफले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...