श्रीलंकालाई नेपालले दियो १७३ रनको लक्ष्य



हाम्रो इकोनोमि

 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको छ । टी–२० म्याचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउँदै १७२ रन बनाएको छ ।

नेपालका स्टार ब्याट्सम्यान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि दवावमा परेको नेपाली टीमलाई दिपेन्द्र सिंह ऐरीले समालेका थिए । उनी एक्लैले ७२ रनको विस्फोटक पारी खेले । ४४ बलको सामना गरेका ऐरीले ४ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई सम्मानजनक स्थानमा पुरयाएका छन् ।

पारस खड्का १ रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । पवन सरार्फले पनि २१ रनको योगदान दिएका छन् । श्रीलंकाका पीएचकेडी मेन्डिसले २ विकेट लिएका छन् भने अन्य तीन खेलाडीले एक, एक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...