नेपालमै बन्यो यस्तो सिनेमा हल !



हाम्रो इकोनोमि

 

चेन क्यु.एफ.सी सिनेमाजले बुटवलको भाटभटेनीमा नयाँ मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनीको पाँचौ तल्लामा मल्टिप्लेक्स सञ्चालनमा ल्याइएको हो ।

दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी लिगल सिनेमाज् प्रालिको लगानीमा सञ्चालित हलमा डेप्थ क्यु थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ ।

नयाँ र अत्याधुनिक सिस्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताए ।

त्यस्तै उच्च क्वालीटीको डल्बी एट्मस साउन्ट राखिएको छ । लिगल सिनेमाज्ले देशका बिभिन्न स्थानमा हालसम्म १२ वटा चलचित्र हल सञ्चालन गरेको छ ।

जसमा हालसम्म २७ वटा पर्दा रहेका छन् । पछिल्लो पटक बिराटनगरको भाटभटेनीमै दुई वटा पर्दामा नयाँ हल सञ्चालनको तयारी गरिएको छ । बुटवलमा सञ्चालन गरिएको हलमा पनि १९६ र १७६ सिट क्षमताका दुई वटा पर्दा छन् ।

काठमाडौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरीय सुविधासहित फिल्म हेर्न पाउने भएका छन् ।

बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले ३६८ क्षमताको नयाँ मल्टिप्लेक्सको शुक्रबार पत्रकार सम्मेलन गरी शुभारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...