नेपालमै बन्यो यस्तो सिनेमा हल !



हाम्रो इकोनोमि

 

चेन क्यु.एफ.सी सिनेमाजले बुटवलको भाटभटेनीमा नयाँ मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । बुटवलको सुख्खानगरमा रहेको भाटभटेनीको पाँचौ तल्लामा मल्टिप्लेक्स सञ्चालनमा ल्याइएको हो ।

दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी लिगल सिनेमाज् प्रालिको लगानीमा सञ्चालित हलमा डेप्थ क्यु थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ ।

नयाँ र अत्याधुनिक सिस्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताए ।

त्यस्तै उच्च क्वालीटीको डल्बी एट्मस साउन्ट राखिएको छ । लिगल सिनेमाज्ले देशका बिभिन्न स्थानमा हालसम्म १२ वटा चलचित्र हल सञ्चालन गरेको छ ।

जसमा हालसम्म २७ वटा पर्दा रहेका छन् । पछिल्लो पटक बिराटनगरको भाटभटेनीमै दुई वटा पर्दामा नयाँ हल सञ्चालनको तयारी गरिएको छ । बुटवलमा सञ्चालन गरिएको हलमा पनि १९६ र १७६ सिट क्षमताका दुई वटा पर्दा छन् ।

काठमाडौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरीय सुविधासहित फिल्म हेर्न पाउने भएका छन् ।

बुटवलको भाटभटेनीमा क्यूएफएक्स सिनेमाजले ३६८ क्षमताको नयाँ मल्टिप्लेक्सको शुक्रबार पत्रकार सम्मेलन गरी शुभारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...