प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अर्को साता



हाम्रो इकोनोमि

 

हप्तामा निक्कै पटक मिर्गौला डायलासिस गराउनुपरेको अवस्था तथा एपेन्डिसाइटको शल्यक्रिया सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको तयारी भएको छ ।

एपेन्डिसाइटको उपचारपछिको अवस्थामा उल्लेख्य सुधार आएका कारण चिकित्सकहरूले उनको मिर्गौला प्रत्यारोपण गर्न हुने या नहुने भन्ने विषयमा परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अमेरिकामा हुनेछ । उनलाई अमेरिका लैजाने विषयमा नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकमा छलफल भएको थियो ।

एक भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको विषयमा प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए । उनको अहिलेको अवस्थामा अझ सुधार आउनासाथ यसै साता अमेरिका लैजाने र अर्कोसाता मिर्गौला प्रत्यारोपण हुनसक्ने बताइएको छ ।

उनलाई नातेदारले नै मिर्गौला दिन लागेका हुन् । मिर्गौला प्रदान गर्ने व्यक्तिलाई अमेरिका पुराइएको बताइएको छ । एउटा अन्तरवार्ताका क्रममा अघिल्लो साता मात्र प्रधानमन्त्रीले संसारमा ५ पटकसम्म पनि मिर्गौला फेरिएको उदाहरण रहेको बताउँदै आफूसँग मिर्गौला मिल्ने व्यक्ति भेटिनुचाहिँ महत्वपूर्ण रहेको बताएका थिए ।

उपचार व्यवस्थाको प्रबन्ध मिलाएर अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की काठमाडौं आएका छन् । उनले अमेरिकामा भएको तयारीबारे जानकारी गराएपछि प्रधानमन्त्री ओलीलाई त्यता लैजान लागिएको हो ।

यसबारेको जानकारी र सम्भावनाका विषयमा ओलीकी नीजि चिकित्सक डा. दिव्यासिंह शाहले करिब महिना अघि अमेरिकामा बुझेर फर्केकी थिइन् ।

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्यका कारण नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आगामी साता हुने भनिएको चीन भ्रमण स्थगित पनि भएको छ । प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी कामका लागि तत्काल उक्त भ्रमण रद्द गरेको र अर्को मितिमा जाने तयारी भएको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...