के गर्दैछन पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन् । परमेश्वरधाममा शाहले षोडशोपचार पूजा गरेको मन्दिरका पुजारी चन्द्र नेपालले जानकारी दिए ।

उनका अनुसार षोडशोपचार पूजा भनेको आह्वान, आशन, पाध्य, अध्य, आचमनिय, पुनर्आचमनिय, पञ्चामृत, शुद्ध जल, अक्षता, धुप दीप, वस्त्र, जनैसुपारी तामुल लगायत आरती सहित गरिने पूजा हो ।

यो पूजा गर्नाले शिव खुशी हुने विश्वास गरिन्छ। करीब १० मिनेट मन्दिरमा पूजा गरेका शाहलाई पूजारीहरू चन्द्र नेपाल, विष्णु ज्ञवालीले पूजा गराएका थिए । पर्रोहाधाममा शिव स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ। शाह आफै गाडी चलाएर मन्दिरसम्म पुगेका थिए ।

पर्रोहा पुग्नुअघि स्थानीय समर्थकले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” जस्ता नारा लगाएका थिए। उनलाई स्वागत गर्न स्थानीय फूलमाला लिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...