के गर्दैछन पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन् । परमेश्वरधाममा शाहले षोडशोपचार पूजा गरेको मन्दिरका पुजारी चन्द्र नेपालले जानकारी दिए ।

उनका अनुसार षोडशोपचार पूजा भनेको आह्वान, आशन, पाध्य, अध्य, आचमनिय, पुनर्आचमनिय, पञ्चामृत, शुद्ध जल, अक्षता, धुप दीप, वस्त्र, जनैसुपारी तामुल लगायत आरती सहित गरिने पूजा हो ।

यो पूजा गर्नाले शिव खुशी हुने विश्वास गरिन्छ। करीब १० मिनेट मन्दिरमा पूजा गरेका शाहलाई पूजारीहरू चन्द्र नेपाल, विष्णु ज्ञवालीले पूजा गराएका थिए । पर्रोहाधाममा शिव स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ। शाह आफै गाडी चलाएर मन्दिरसम्म पुगेका थिए ।

पर्रोहा पुग्नुअघि स्थानीय समर्थकले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” जस्ता नारा लगाएका थिए। उनलाई स्वागत गर्न स्थानीय फूलमाला लिएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...