प्रधानमन्त्रीलाई अस्पतालको बेडमा छोडेर म चीन भ्रमण जान्न–प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण स्थगित गरेका छन् । ६० जनाभन्दा बढी नेकपा नेताहरुको नेतृत्व गर्दै प्रचण्ड चीन जाने कार्यक्रम थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भएका बेला आफु चीन नजाने निर्णय दाहालले गरेका छन् ।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूलाई अस्पतालको बेडमा छोडेर चीन जान अध्यक्ष दाहालले उचित ठान्नु भएन’ नेकपाका एक नेताले भने ‘प्रधानमन्त्रीको डिस्चार्ज हुने समय अनिश्चित भएपछि भ्रमण स्थगित गरिएको हो ।’

अध्यक्ष दाहाल २२ मंसिरमा नेकपाका ६० नेताहरुसहित चीन जाने तयारीमा थिए । चिनिया कम्यूनिष्ट पार्टी र राष्ट्रपतिको निमन्त्रणामा दाहाल नेतृत्वको टोली चीन जाने तयारीमा थियो ।

प्रधानमन्त्री ओलीले पनि चीन जान स्वीकृति दिइसकेका थिए । तर ओली विरामी परेपछि कार्यक्रम रद्द गरिएको छ । सी पथका बारेमा अध्यक्ष गर्न र चिनिया कम्यूनिष्ट पार्टीका नेताहरुसँग गहिरो छलफल गर्न नेकपाका नेताहरु चीन जान लागेका थिए । आफु चीन जान लागेको दाहालले सार्वजनिक कार्यक्रममै बताएका थिए ।

प्रधानमन्त्री अस्पतालको बेडमा र पार्टीका कार्यकारी अध्यक्ष बिदेश भएपछि पार्टीभित्र पैदा हुने भन्दै केही नेताले भ्रमण स्थगित गर्न सुझाव दिएका थिए । सुझावपछि दाहालले प्रधानमन्त्री ओलीलाई अस्पतालको बेडमै पुगेर चीन भ्रमण स्थगित गर्ने बताएका थिए ।

चीन भ्रमण रद्द गरेपछि दाहालले नेकपा स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने तयारी थालेका छन् । निश्क्रिय भएको पार्टीपंक्तिलाई ‘भाइब्रेशन’ मा ल्याउने उदघोष गरेका दाहालले ६ महिने पार्टी अभियानको कार्यक्रम ल्याउने तयारी गरेका छन् । पार्टी स्थायी र केन्द्रीय समितिमा छलफलका लागि ६ महिने प्रस्ताव ल्याउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...