अहिलेसम्म नेकपा र कांग्रेसको हारजितको हिसाब, कहाँ कसले जित्यो



हाम्रो इकोनोमि

 

उपनिर्वाचन भएका विभिन्न स्थानीय तहका ४३ मध्ये ३९ वडाको मत परीणाम आएको छ, जसमा सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)ले २२ वडाध्यक्ष जितेको छ ।

नेपाली कांग्रेस ११ वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ भने समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी -राजपा) ले समान ३/३ वटामा वडाध्यक्ष जितेको छन् ।

अन्य दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

हारजितको हिसाब

उपचुनाव भएका ४३ वडामध्ये तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ वटा गरी २३ वडा थिए । त्यसमध्ये नेकपाले ७ वडा गुमाएको छ ।

यसअघि जितेका हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ र दोगडा केदार ४ बैतडी गुमाएको छ ।

तर यसअघि कांग्रेसले जितेका ७ र विप्लव समर्थित स्वतन्त्र उम्मेदवारले जितेको थवाङसमेत गरी ८ वटा वडा नेकपाले आˆनो पक्षमा पारेको छ । यसअघि कांग्रेसले जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्ऽावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, मेल्लेख ५ अछाम र त्रिवेणी १ बाजुरा नेकपाले जितेको छ ।

यसरी हेर्दा समग्रमा नेकपाले एउटा वडाको नेतृत्व थपेको छ ।

त्यस्तै कांग्रेसले जितेका १२ वडामा उपचुनाव भएको थियो, जसमा ८ गुमाएको छ । गुमाएका ८ मध्ये ७ मा नेकपा र एक स्थानमा समाजवादी पार्टी विजयी भयो । कांग्रेसले यसअघि जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्ऽवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।

तर उसले नेकपाले जितेका ६ वटा र राजपाले जितेका वडा आफ्नो पक्षमा पारेको छ । कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट (राजपा गुमायो), भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ र दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।

यसरी हेर्दा समग्रमा कांग्रेस एउटा वडाको नेतृत्व गुमाएको छ । यसअघि राजपाले जितेका ३ मध्ये एक वडा गुमाएको छ तर स्वतन्त्र वडाध्यक्ष भएको ठाउँमा जितेको छ । समग्रमा तीन वडामै उसको नेतृत्व छ ।

यस्तै समाजवादीले एक सिट थपेर तीन बनाएको छ । ४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

 

हेर्नुहोस् चुनावी नतिजा

क्र.सं. गापा/नपाका वडा उपचुनावमा विजयी दल २०७४ मा विजयी दल
१. हिलिहाङ-७, पाँचथर कांग्रेस नेकपा
२. फिदिम-१, पाँचथर नेकपा कांग्रेस
३. धनपालथान-२, मोरङ कांग्रेस नेकपा
४. खाँदबारी-३, संखुवासभा नेकपा नेकपा
५. धरान-७, सुनसरी नेकपा
६. साकेला-३, खोटाङ नेकपा नेकपा
७. पौवादुङ्मा-१, भोजपुर नेकपा कांग्रेस
८. छिन्नमस्ता-७, सप्तरी राजपा राजपा
९. कल्याणपुर-१२, सिरहा नेकपा कांग्रेस
१०. मटिहानी-६, महोत्तरी राजपा राजपा
११. बलवा-८, महोत्तरी समाजवादी
१२. बलवा-२, महोत्तरी कांग्रेस कांग्रेस
१३. गढीमाई-२, रौतहट कांग्रेस राजपा
१४. सखुवाप्रसौनी-५, पर्सा समाजवादी समाजवादी
१५. हरिपुर्वा-१, सर्लाही समाजवादी नेकपा
१६. बारागढी-१, बारा समाजवादी कांग्रेस
१७. उमाकुण्ड-५, रामेछाप नेकपा नेकपा
१८. खैरहनी-४, चितवन कांग्रेस कांग्रेस
१९. खैरहनी-५, चितवन कांग्रेस कांग्रेस
२०. भरतपुर-१६, चितवन कांग्रेस नेकपा
२१. धुलिखेल-२, काभ्रे नेकपा नेकपा
२२. दक्षिणकाली-३, काठमाडौं नेकपा नेकपा
२३. इन्द्रावती-८, सिन्धुपाल्चोक नेकपा कांग्रेस
२४. बढीगाड-२, बागलुङ नेकपा नेकपा
२५. सुन्दरबजार-२, लम्जुङ नेकपा नेकपा
२६. बुङ्दीकाली-५, नवलपरासी नेकपा नेकपा
२७. मालारानी-३, अर्घाखाँची कांग्रेस नेकपा
२८. ऐरावती-१, प्युठान नेकपा
२९. ऐरावती-२, प्युठान जनमोर्चा
३०. प्युठान नगरपालिका-२, प्युठान नेकपा नेकपा
३१. घोराही-१६, दाङ कांग्रेस नेकपा
३२. कोहलपुर-६, बाँके नेकपा कांग्रेस
३३. रुरु-६, गुल्मी नेकपा नेकपा
३४. थवाङ-१, रोल्पा नेकपा स्वतन्त्र
३५. शिवराज नपा- १०, कपिलवस्तु राजपा स्वतन्त्र
३६. कुमाखमालिका-५, सल्यान नेकपा नेकपा
३७. आदर्श-२, डोटी नेकपा नेकपा
३८. मेल्लेख-५, अछाम नेकपा कांग्रेस
३९. पुरचौडी-४, बैतडी नेकपा नेकपा
४०. दोगडा केदार-४, बैतडी कांग्रेस नेकपा
४१. सुर्नया-१ बैतडी कांग्रेस कांग्रेस
४२. पुनर्वास-३, कञ्चनपुर नेकपा नेकपा
४३. त्रिवेणी-१ बाजुरा नेकपा कांग्रेस

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...