नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेललाई बर्खास्त गर्ने तयारी



हाम्रो इकोनोमि

 

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अध्यक्ष मदन खरेलसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्टीकरण लिएका छन् । खरेलले निगमलाई उठ्न नसक्ने गरी थला पारेपछि मन्त्री भट्टराई असन्तुष्ट बनेका छन् ।

मन्त्रालयले चौमासिक समीक्षाका लागि मातहतका सबै निकायका प्रमुखहरूलाई बुधबार सिंहदरबारमा बोलाएको थियो । समीक्षा बैठकमा आएका खरेललाई मन्त्री भट्टराईले १२ प्रश्न गरेका थिए । खरेलले आलटाले जवाफ दिएपछि मन्त्री भट्टराईले बर्खास्तीको तयारी गरेका छन् ।

यी हुन् मन्त्री भट्टराईले सोधेका १२ प्रश्न

१. तपाईं निगमको अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय उडानका लागि दुई विमान थिए । दुइटा विमान थप पनि गरियो । अन्तर्राष्ट्रिय विमान उडानका चार विमानको गन्तव्य किन सुनिश्चित गर्न सक्नुभएन ?

२. लामो दूरीको जहाजलाई भाडामा बढी प्रतिस्पर्धा हुने छोटो दूरीमा किन उडाइराख्नुभएको छ ? बुझ्न सकिएन ।

३. तपार्इं निगम अध्यक्ष हुँदा आन्तरिकका आठ विमान थिए । तीमध्ये अधिकांश ग्राउन्डेड छन् । कतिपय सन् २०१२ देखि नै ग्राउन्डेड रहेको पाइयो । ती जहाजलाई उडानयोग्य बनाउन किन सकिएन ? नउडेका जहाजको मर्मत र बिमामा करोडौं रकम खर्च भएको पाइयो । लागतको अनुपातमा आम्दानी किन भएन ?

४. निगमसँग रहेका एमए ६० र वाई १२ चिनियाँ जहाज अधिकांश समय ग्राउन्डेड भएको पाइयो । ती जहाज उडाउन नसक्दा निगमलाई ठूलो घाटा परिरहेको छ । यसको विकल्प किन खोल्न सकिएन ?

५. कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋण रकम समयमा तिर्न किन सकिएन ? साँवा र ब्याज तिर्न नसक्दा ती संस्थाहरूको ब्याज रकम नै पुँजीकरण गर्ने अवस्था आइलाग्दासम्म तपाईं किन चुप लागेर बस्नुभएको छ ?

६. निगमलाई ५ वा १० वर्षभित्र कस्तो बनाउने भन्ने योजना तपाईंले बनाउन नसक्नुको कारण के हो ?

७. संघीय संसद्, तालुक समिति, नेपाल सरकारले निगमलाई कम्पनीमा परिणत गरी चुस्त रूपमा सुचारु गर्न सुझावहरू दिइएका थिए । यसतर्फ तपाईंले किन कदम चाल्नुभएन ?

८. अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग व्यवस्थापनमा साझेदारी गर्न नेपाल सरकारले सुझाव दिएको थियो । तर, व्यवस्थापनमा साझेदारी हुने गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी किन भित्र्याउनुभएन ?

९. देशभर निगमका नाममा रहेका चलअचल सम्पत्तिको रेखदेख गर्न र निगमलाई घाटाबाट जोगाउन किन सक्नुभएन ?

१० कम्पनीभित्र अनुशासन, पद्धति निर्माण गर्न किन सक्नुभएन ? बरु आर्थिक लाभ लिई अवाञ्छनीय रूपमा कर्मचारीको सरुवा गरिएको गुनासो आइरहेको छ ।

११. नेपाली जहाजको गन्तव्य निर्धारण, निगमको व्यवस्थापन चुस्त बनाउन सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक रूपमा निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन कार्यान्वयन गर्नुको सट्टा गैरजिम्मेवार तरिकाबाट किन बिदामा बस्नु भयो ? यसले निगमको भविश्यलाई कहाँ लैजान्छ ?

१२. कर्मचारीको कार्यसम्पादन गर्दा खाली कागजमा सही गराएर मनमौजी तरिकाबाट कर्मचारीको मूल्यांकन गरिएको व्यापक गुनासो आइरहेको छ । यसले निगममा कुन परिपाटीको विकास गर्छ ?

प्रतिक्रिया दिनुहोस
गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...

काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...