दोस्रो पटक किड्नी फेर्ने तयारीमा प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको युगमा दोस्रो पटक किड्नी फेर्नु मामूली कुरा भएको बताएका छन् । आफ्नो स्वास्थ्य ठिकठाक रहेको बताएका प्रधानमन्त्री ओलीले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा ‘विश्वमा ५ पटकसम्म किड्नी फेरिएको छ’ भने ।

‘ट्रान्सप्लान्ट गर्ने किड्नी म्याच हुनु मात्र ठूलो कुरा हो, फेर्नु ठूलो कुरा होइन । मेरो स्वास्थ्य अवस्था ठिक छ’, उनले कार्यक्रमको अन्त्यतिर सर्वसाधारणको चासोलाई सम्बोधन गर्दै भने,‘कहिलेकाहीँ डायलासीस गराउनुपर्छ । गराइसक्नासाथ म फ्रेस भएर काम गर्न सक्छु ।’

तर प्रधानमन्त्री ओलीको मंगलबारमात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । उनको स्वास्थ्यमा सोमबार समस्या आएपछि शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...