दोस्रो पटक किड्नी फेर्ने तयारीमा प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको युगमा दोस्रो पटक किड्नी फेर्नु मामूली कुरा भएको बताएका छन् । आफ्नो स्वास्थ्य ठिकठाक रहेको बताएका प्रधानमन्त्री ओलीले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा ‘विश्वमा ५ पटकसम्म किड्नी फेरिएको छ’ भने ।

‘ट्रान्सप्लान्ट गर्ने किड्नी म्याच हुनु मात्र ठूलो कुरा हो, फेर्नु ठूलो कुरा होइन । मेरो स्वास्थ्य अवस्था ठिक छ’, उनले कार्यक्रमको अन्त्यतिर सर्वसाधारणको चासोलाई सम्बोधन गर्दै भने,‘कहिलेकाहीँ डायलासीस गराउनुपर्छ । गराइसक्नासाथ म फ्रेस भएर काम गर्न सक्छु ।’

तर प्रधानमन्त्री ओलीको मंगलबारमात्र एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । उनको स्वास्थ्यमा सोमबार समस्या आएपछि शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...