नेकपाका उम्मेदवारलाई मतदान गर्न प्रभु साहको आग्रह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले गाउँ शहरको बिकास र समृद्धिका लागि नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

१४ मंसिरमा हुने उपनिर्वाचनका क्रममा रौतहटको गढीमाई नगरपालिका वडा नं. २ का उम्मेदवार जवार मियाँको चुनावी सभा तथा घरदैलो कार्यक्रममा सहभागि नेता साहले स्थानीय तहको बिकासका लागि नेकपाको बिकल्प नभएको बताए ।
‘मुलुकको समृद्धि, सुशासन तथा प्रगतिका लागि नेकपाको बिकल्प छैन्’ साहले भने, ‘गाउँ देखी शहरसम्मको बिकासका लागि मुलुकमा नेकपा आवश्यक रहेकोछ ।’ भ्रष्टाचार तथा प्रदेश २ सरकारको बजेटमा भईरहेको भागबण्डाको बिरुद्धमा नेकपालाई मतदान गर्न अहिलेको आवश्यक्ता रहेको उनले बताए ।

परिवर्तन, बिकास तथा समृद्धिका लागि नेकपा नेतृत्वको सरकार योजनाबद्ध तरिकाले अगाडी बढीरहेको बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पुरा गर्न नेकपाका उम्मेदवारलाई अत्याधिक मतले बिजयी गराउँन आग्रह गरे ।
नेकपा केन्द्रीय सदस्य एवं पुर्वमन्त्री समेत रहेका नेता साहले अहिले प्रदेश २ सरकारले जनताको चाहना बिपरित काम गरिरहेको आरोप लगाए ।

 

प्रदेश २ सरकारले बिकासको बजेटमा लुटतन्त्र मचाएको बताए । कमिशन, भ्रष्टाचार, कुशासन, मनपरीतन्त्रमा प्रदेश २ सरकार लागेको बताउँदै उनले जनताको चाहना र आवश्यक्ता बिपरित काम गरेको बताए ।
प्रदेश २ को समृद्धि र सुशासनका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले बिभिन्न राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका आयोजनाहरुको निर्माण कार्य तिब्र गतिमा गरिरहेको उनले बताए ।

 

हुलाकी राजमार्ग, पुर्वपश्चिम रेलमार्ग, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक, मधेसको जिल्ला सदरमुकाम जोडने उतरदक्षिण राजमार्ग लगायतका आयोजनाहरुको निर्माणले प्रदेश २ समृद्ध हुने बताउँदै उनले यि आयोजना सम्पन्न गर्न सरकार लागि परेको बताए ।

 

चुनावी सभा तथा घरदैलो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर), सांसद सरला यादव, जिल्ला अध्यक्ष कमल यादव, नेताहरु देवेन्द्र पटेल, सत्यनारायण भगत लगायतको बिशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...