यस्तो छ प्रचण्डको ६ महिने कार्ययोजना, स्थायी र केन्द्रीय समिति डाक्ने तयारी



हाम्रो इकोनोमि

 

गत बुधवार बसेको नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि पहिलो सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । प्रचण्डले यसै साता आफ्नो अध्यक्षतामा पहिलो बैठक बसाल्ने तयारी थालेको उनी निकट एक नेताले बताए ।

नेकपा एकता पछि पार्टी ठुलो भएपनि नेता कार्यकर्ता निस्क्रिय छन् । पार्टीका क्रियासिल नेताहरु यतिबेला फुर्सदिला बनेका छन् । उनीहरुलाई क्रियासिल बनाउन र पार्टीमा ‘भाइब्रेसन’ ल्याउन ६ महिने कार्ययोजनाको तयारी पनि प्रचण्डले थालेका छन् । ६ महिने कार्ययोजनासहित बैठक बोलाउन लागेको स्रोतले बताएको छ ।

आफ्नो अध्यक्षतामा बैठक बसाल्ने र पहिलो ६ महिने कार्ययोजना ल्याउन प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् भने पार्टी सचिवालयका नेताहरुसँग पनि परामर्समा छन् । पार्टीलाई क्रियासिल बनाउन कार्ययोजना ल्याउने तयारी गरेका प्रचण्डले आफु निकटका नेताहरुलाई सक्रिय बनाएका छन् । नेता जनार्दन शर्मा र बर्षमान पुनले अध्यक्षको ६ महिने कार्ययोजनामा छलफल गरिरहेको स्रोतले बताएको छ ।

उनको अध्यक्षतामा बैठक बस्छ की बस्दैन, त्यो भने अहिलेसम्म एकिन भइसकेको छैन । तर यसैसाता पार्टी सचिवालय बैठक बोलाउने तयारी भइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘मिति तय भएको छैन, तर ६ महिने पार्टीको कार्ययोजनासहित बैठक बस्दैछ’ उनले भने ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड सक्रिय बनेका छन् । जिम्मेवारी पाएका दिन निकै हर्षित भएका प्रचण्ड आफ्नो क्षमता प्रर्दशनको तयारीमा छन् । तर बैठक बोलाउने र कार्ययोजनामा छलफल गर्ने गरी दुई अध्यक्षबीच सहमति भए नभएको भने निक्र्यौल भइसकेको छैन ।

प्रचण्डले बैठकका लागि प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, नेता बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग छलफल गरिसकेका छन् । सचिवालय बैठकपछि स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने तयारी पनि प्रचण्डले थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...